काठमाडौं । गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ ।
सरुवा भएकामा उपसचिवमा हुम्ला लगायत १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
गृहमन्त्रालयले सरुवा गरेको सूचिमा हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्ड्यलाई पनि सरुवा गरेको छ । उहाँलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।
गृहमन्त्रालयका अनुसार हुम्ला, बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम र डोल्पाका सिडिओ फेरिएका हुन्।
त्यस्तै, सहसचिवहरुको पनि सरुवा भएको छ। काठमाडौंमा सहसचिव छवि रिजाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ। काठमाडौंका सिडिओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ। गृहको कर्मचारी प्रशासन शाखामा सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ।
को को भए सरुवा ?

