हुम्लामा पहिलो पटक शिक्षक–शिक्षक विचको भलिबल प्रतियोगिता सुरु ।


भाद्र १२ हुम्ला । अदानचुली गाउँपालिकामा पहिलो पटक गाउँपालिकाका विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । यस गाउँपालिकामा एक संस्थागत सहित २१ वटा विद्यालयहरु भएपनि प्राथमिक विद्यालयका शिक्षकहरुको टिम नपुग्दा गाउँपालिका भित्र रहेका ७ वटा निम्न माध्यामिक तथा माध्यामिक विद्यालयहरुको मात्र सहभागिता रहने भएको आयोजक संस्था अदानचुली युवा क्लबका अध्यक्ष धनराम फडेराले जानकारी दिनु भएको छ ।

गाउँपालिका भित्र ५ वटा माध्यामिक विद्यालय, ३ वटा निम्न माध्यामिक तथा १३ वटा प्राथमिक विद्यालयहरु रहेका छन् । ५ वटा माध्यामिक विद्यालयहरु मध्ये सल्लाघारी माध्यामिक बिद्यालयका शिक्षकहरुको टिम नपुग्दा सहभागी हुँन नसकेको विद्यालय स्रोतले जनाएको छ ।

सबै विद्यालयमा कार्यरत शिक्षकहरुको भलिबल खेल यस क्षेत्रमा पहिलो पटक सञ्चालन भएकाो छ । गाउँमा १० वर्षे जनयुद्ध सुरु हुँनु भन्दा पहिले करिब २०५६।०५७ साल तिर बिद्यालय स्तरीय रनिङ शिल्ड हुँने गरेको भएपनि गाउँमा पनि जनयुद्धको प्रभाव बढ्दै गएपनि शिक्षक शिक्षक बिचको यस किसिमको प्रतियोगित रोकिएको थियो ।

अदानचुली युवा क्लबको सकृयतामा पहिलो पटक यस किसिमको आयोजना सुरु भएको छ । खेल नकआउट प्रणाली मार्फत खेलाईने छ आज देखी सुरु भएको खेल सम्भवत भोली देखी पर्सिसम्म चल्न सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा वडा नम्बर १ को जनकल्याण माध्इामिक विद्यालय, २ मा रहेको सुर्योदय माध्यामिक विद्यालय, वडा नम्बर ३ मा रहेको छत्रपाल आधारभुत विद्यालय, वडा नम्बर ४ मा रहेको ज्ञानोदय माध्यामिक विद्यालय र जनपृय आधारभुत विद्यालय, वडा नम्बर ५ को हिमालचुली आधारभुत विद्यालय, वडा नम्बर ६ को कैलाशपुरी माध्यामिक विद्यालय खेलमा सहभागी भएका छन् ।
यो सँगै उक्त क्लबले विद्यालय स्तरीय हस्तलेखन प्रतियोगिता पनि सञ्चालन गरेको छ ।

विद्यालय स्तरीय हस्तलेखन प्रतियोगिता सञ्चालन ।

गाउँपालिका भित्र रहेका २१ वटै विद्यालयबाट ४२ जना विद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ । तिन वटै तहलाई छुट्टा छुट्टै मुल्याङ्कन गर्ने गरी हरेक विद्यालयबाट एक जना नेपाली र एक जना अङ्ग्रेजी विषयमा हस्तलेखन प्रतियोगितामा सहभागि भएका छन् । २५ मिनेट को समय दिएर उक्त हस्तलेखन प्रतियोगिता सञ्चालन गरिएको र यसको नतिजा भोली प्रकाशित गरीने बताउनु भयो ।

उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले गर्नु भएको छ । योसँगै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया, वडा अध्यक्षहरु सहित अन्य जनप्रतिनिधिहरु र स्थानीय राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा उद्धघाटन गरीएको क्लबका सचिब अर्जुन फडेराले बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १२ भाद्र २०८२, बिहीबार १६:५४  |