हिउँद लागेसँगै १० हजार हुम्लीले गाउँ छोडेः गाउँमा रहेकाहरु बेसी तिर झर्दै ।


हिउँदको समय लागेसँगै विभिन्न कामको बहानामा हुम्लाको दक्षिण क्षेत्रका दश हजार बढि नागरिले गाउँ छोडेका छन् ।
असारमा लगाइएको धान, मकै, कोदो, सिमि लगायतको बर्खे बाली भित्राएर सकिएसँगै यहाँका नागरिकले जाडो छल्न र हिउँदको समयमा मौशमी रोजागारीको खोजिका लागि गाउँ छोडेका हुन् ।

गएको एक सातामा मात्रै जिल्लाको तल्लो क्षेत्रमा रहेका सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका मात्रै १० हजार ३ सय नागरीकले जिल्लाबाट बाहिर जाने टिकट काटेको संयुक्त टिकट बुकिङ काउन्टर प्रालि हुम्लाका प्रमुख प्रमोद बोगटीले बताउनु भयो ।

उनले भने ‘केही धन कमाउनका लागि भारत गएका छन् भने केही विभिन्न शहरमा पढ्नका लागि भन्दै गाउँ छोडेर गएका छन्’ जिल्लाको दक्षिण क्षेत्रमा भएका सबै बुकिङ काउन्टरहरुको रेकर्ड अनुसार केहि दिनयता ठूलो संख्यामा जिल्ला बाहिर जाने व्यक्तिहरुले टिकट लिएका छन् ।’

संयुक्त टिकट बुकिङ काउन्टर प्रा.लि.बाट टिकट लिएको रकेर्ड अनुसार ७ हजार १ सय ४५ जना पुरुष र ३ हजार १ सय ५५ जना महिला छन् । उनिहरुमध्ये केहि युवा विद्यार्थीहरु अध्यनन गर्न गएको भएपनि अन्य नागरिक रोजगारीका लागि भारत गएको बताइएको छ । यति बेला अधिकांस शहरी क्षेत्र तिर अध्ययनसँगै कामहरु रहेका छन् ।

बिहिबार जिल्ला बाहिरका लागि ३ वटा बस भरिभराउ भएर छुटेपनि केही नागरीक गाडी नपाउँदा सर्केगाडमै बस्नु परेको छ । गाउँको सबै काम सकेर खेतबारीमा गहुँ छरेपछि हिउँदको समय गाउँमा काम नहुने भएपछि आफूहरु मौशमी रोजगारीका लागि भारत गएको सर्केगाड गाउँपालिका–४ का पाण्डप शाहीले बताउनु भयो । खेतबारीको कामले घरपरिवार पाल्न नपुग्ने भएपछि उपचार लगायत केहि आम्दानी गर्ने ध्येयले आफूहरु हिउँदका महिना छिमेकी मुलुक भारत लागेको गएको भनाई शाहीको छ । भारत जान खुला सिमाना भएकाले पनि हुम्ला लगायत कर्णाली क्षेत्रका नागरिकहरु मौशमी रोजगारीका लागि हिउँदमा भारततर्फ जाने पुरानै प्रचालन हो ।

पछिल्लो समय हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि गाउँ छोडेनेको संख्यामा उल्लेख्य वृद्धि भएको बताएका शाहीले गाउँमा रोजागारका कुनै काम नभएपछि परिवारका लागि एकसरो लुगाफाटोको जोहो गर्नका लागि पनि आफूहरु भारत धाउन बाध्य भएको प्रतिक्रिया दिए ।

यता जिल्लाको माथिल्लो क्षेत्र खार्पुनाथ, सिमकोट र नाम्खाका अधिकांस नागरीकहरु वर्षे रोजगारीमा जाने गर्दछन् उनिहरुलाई चिनको नाका नजिक पर्ने भएकाले वर्षाको समयमा तिब्बतमा जाने र यतिबेला चिसो मौषममा गाउँ फर्किने गरी रहेका छन् । भने विद्यार्थी लगायत अन्य शहर तिर रोजगारी भएकाहरु हवाई मार्ग मार्फत सुर्खेत नेपालगञ्ज हुँदै विभिन्न शहरमा गएका छन् ।
यतिबेला हुम्ला लगायत पहाडी क्षेत्रमा मौषम चिसो हुँदै गएकाले लेख बस्तीमा बसी रहेकाहरु कर्णालीको किनार नजिकका घरहरुमा सरी रहेका छन् ।

प्रकाशित मितिः     १५ कार्तिक २०८२, शुक्रबार ०८:३५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *