स्थल मार्गबाट जिल्ला सदरमुकाम पुग्ने पहिलो बहालबाल मन्त्री भण्डारी ।


स्थल मार्गबाटै कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । सिमकोटमा सञ्चालन हुन लागेको वास्थ्य सेवा कार्यालयको एक मनोपरामर्स सम्वन्धि कार्यक्रममा सहभागिता जनाउन मन्त्री भण्डारी स्थल मार्ग मार्फत आज सिमकोट पुग्नु भएको छ ।

हरेक मन्त्रीहरु हवाजहाजबाटै वा हेली कप्टरबाटै जिल्ला सदरमुकाम गर्ने गरेको भएपनि यतिबला कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री भण्डारी जिल्लाको तल्लो क्षेत्रका स्थानीयहहरु भेटघाट गर्दै जिल्ला सदरमुकाम सिमकोट पुग्नु भएको हो ।

गत सोमबार नेपाल एयरलाईन्सको बिमानमा सुर्खेतबाट सिमकोट आउन लागेको भएपनि उक्त जहाजमा प्राबिधिक समस्या आएपछि सुर्खेत सिमकोटको उडान रद्ध भएको थियो । उडान रद्ध भएपछि मन्त्री भण्डारी र सचिव धोलकराज ढकाल स्थल मार्ग हुँदै सिमकोट पुग्नु भएको हो ।

तीन दिनमा सुर्खेतबाट मन्त्री भण्डारीको टिम जिल्ला सदरमुकाम सिमकोट पुगेको हो । सुर्खेतबाट हिडेको पहिलो दिन मन्त्री भण्डारीको टिम राकम कर्णाली, दोस्रो दिन अदानचुली गाउँपालिका वडा नम्बर ३ को छत्रपाल आधारभुत विद्यालय सहित प्रस्तावित रणनिकि अस्पतालको अनुगमन गरी सर्केगार्ड गाउँपालिकाको कार्यालयमा पुग्नु भएको हो ।

सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिहरु सहित कर्मचारीहरुसँग भेटघाटसँगै कार्यालयहरुको अनुगमन गरी आज तेस्रो दिन सिमकोट पुग्नु भएको हो । स्थल मार्गबाट जिल्ला सदरमुकाम पुग्ने बहालबाल मन्त्री भण्डारीनै रहेका छन् । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २७ कार्तिक २०८२, बुधबार १८:४५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *