सिमकोट सदरमुकाम ४ दिन देखी विद्युत आपुर्ति बन्द ।


हुम्लाको जिल्ला सदरमुकाम २३ गतेबाट अन्धाकार भएको छ । जिल्ला सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत बितरण केन्दको ओभर फ्लो र इन्टेकमा खराबी आई मर्मतको लागि कार्तिक २३ गतेबाट बन्द भएपश्चात जिल्ला सदरमुकाम अन्धकार जस्तै भएको छ ।

अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुँने सम्पुर्ण कार्यहरु प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयहरुमा सोलार राखिएको भएपनि हिउँदको समयमा घाम पातलो लाग्ने र पावर समेत संकलन नहुँने भएकाले जिल्ला सदरमुकामका अधिकांस नागरिकहरुका मोबाईल अफ हुँदा बाहिर भएका नागरीकसँग समेत सम्पर्कबाट विच्छेद भएको स्थानीय नागरीकहरुको भनाई छ ।

मोबाईल र ल्यापटप चार्ज गर्न समेत नपाएकाले समाचार संकलन र सम्प्रेशणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताउनु भयो । उहाँका अनुसार सानो किप्याड मोबाईलबाट सम्पर्क गर्ने काम भैरहेको पनि बताउनु भयो ।

सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा बिधुत आपुर्ती गर्दै आएको हिल्दुम बिद्युत बितरण केन्द्रको पावर हउस लगाएतका संरचनामा मर्मत कार्य गर्नु पर्ने र पावर हाउसको इन्टेक, फर्बे र ओभर फ्लोको मर्मत गर्नको लागि विद्युत बन्द गरीएको बितरण केन्द्रका प्रमुख इन्जिनीयर जितेन्द्र शाहले बताउनु भयो । उहाँका अनुसार सुचना प्रकासीत गरी कात्तिक २३ गतेबाट २७ गतेसम्मको लागि बन्द गरेकोमा यतिबेला मर्मत कार्य भैरहेको बताउनु भयो ।

मर्मत कार्य छिटो र छरितो होस भन्नका लागि मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दको नेतृत्वमा मर्मंत स्थलमा पुगेर अनुमगन गर्ने कार्य भएको केन्द्रका प्रमुख इन्जिनीय जितेन्द्र शाहले बताउनु भयो । फर्बे ट्याङ्की नजिकको ओभर फ्लो र इन्टेकको मर्मत कार्य पुरा भएको र अब सिमेन्ट सेट हुने काम भई रहेको छ । मर्मत गरिएको सिमेन्ट सेट भएपछि शुक्रबार बेलुका वा शनिबार सम्म बिद्युत आपुर्ती सुचारु गरिने गरी काम भैरहेको बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २७ कार्तिक २०८२, बुधबार १८:५१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *