हुम्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकामा जलवायु परिवर्तन स्थानीय अनुकूलन (LACC) परियोजना सञ्चालनको लागि आज द्धिपक्षीय सम्झौता भएको छ । प्रदेश राजधानी सुर्खेतमा आज एक कार्यक्रमका विच अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरु विच हस्ताक्षर गरएिको छ ।
युरोपियन युनियन, फिनल्याण्ड सरकार, नेपाल सरकार तथा स्थानीय सरकारको सह–लगानीमा सञ्चालित जलवायु परिवर्तन स्थानीय अनुकूलन ९ीब्ऋऋ० परियोजना अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहबीच समझदारी पत्रमा हस्ताक्षर, परियोजना लागू सम्बन्धी परिचयात्मक अभिमुखिकरण कार्यक्रम तथा कर्णाली प्रदेशका छनौट भएका १९ वटा स्थानीय पालिका र सुदूरपश्चिम प्रदेशका १० वटा स्थानीय तहहरूसँग(LACC) परियोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरीएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष सिंहका अनुसार यो परियोजनाले गाउँपलिकामा खानेपानी (बहुउपयोगी आयोजना सहित) सेवा पुनःस्थापना भएका मर्मत गर्ने, खानेपानी नयाँ आयोजनाहरु निर्माण तथा एक घर एक धारा निर्माण गर्ने बताउनु भयो । यस्तै जलवायु परिवर्तन अनुकूलन तथा प्रकोप जोखिम न्यूनिकरण समावेश भएको खानेपानी सुरक्षा योजना कार्यान्वयन भएका आयोजनाहरु निर्माण निर्माण गर्ने, भण्डारण , पुनर्भरण पानी पोखरी निर्माण, पानिघट्ट निर्माण र कृषि तर्फ जिविको पार्जनलाई टेवा पुग्ने गरी सिंचाई कुलो निर्माण गरीने बताउनु भयो ।
खानेपानीको हाहाकार हुँने अदानचुली गाउँपालिकामा यस परियोजना सञ्चालनमा आए गाउँपालिकाबासीले निकै राहत पाउने वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताउनु भयो ।
