अत्याधिक चिसो बढेपछि तीन महिनाका लागि यारी भन्सार कार्यालय सिमकोट सर्यो ।


उत्तरी छिमेकी मुलुक चीनसँग्को सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय तिन महिनाका लागि बन्द गरिएको छ । अत्याधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट ब्यापारी र अन्य सामाग्रीको आयात रोकिएर कारोवार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।

पुस महिनाबाटै चीनको ताक्लाकोटबाट ब्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयम आई पुगेका कार्यालयका प्रमुख रामराज जैसीले बताउनु भयो । चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार बिभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरु जिल्ला सदरमुकाम सिमकोट सरेको प्रमुख जैसीले बताउनु भयो ।

यस वर्ष हिमपात नभए पनि नारा सडक खण्ड गएको कार्तिकमा परेको हिउँले बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवा समेत बन्द भएको छ । जसको कारण चीनको ताक्लाकोटबाट सामानहरु आयात हुन समेत छोडेको बताउनु भयो । कुनै कारोवार नहुने भएपछि कर्मचारी हिल्सामा कार्यालय कुर्नु भन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आएर बस्नु परि रहेको छ ।

उत्तरी छिमेकी मुलुक चीनले भने हिल्सा नाकालाई खुल्लै राखेको भन्सार कार्यालयका प्रमुख जैसीले बताउनुभयो । उहाँका अनुसार आगामी चैत दोस्रो हप्ता कर्मचारी यारी नाका भन्सार कार्यालयमा फिर्ता भएपछि पुनः नाका सञ्चालनमा आउने छ । गत साउन महिना यता यारी नाका भन्सार कार्यालयले अठार लाख ६५ हजार रुपियाँ राजस्व असुली गरेर गत वर्षको भन्दा यो वर्ष कार्यालयले दोब्बर राजस्व उठाएको बताउनु भयो ।

प्रकाशित मितिः     २९ पुष २०८२, मंगलवार ११:३५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *