नेपाल भ्रमण वर्षः कर्णाली घुुमे सिङ्गो नेपाल घुमिन्छ
काठमाडौं । आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यस देशका थोरै मानिस मात्र पुगेका छन् । देशका पूर्वी, मध्य पहाडी तथा सुदूपश्चिमी भेगमा नागरिकको ओहोरदोहोर निर्बाध देखिए पनि कर्णालीमा मौसमी भ्रमण चल्ने गर्छ ।
विसं २०६८ को जनगणनानुसार नेपालको कू




