मुगुमा पहिलो खोप डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले लगाए ।।
खड्क सुनार
माघ १४ मुगु । हिमाली जिल्ला मुगुमा कोभिड –१९ विरुद्धको कोभिशिल्डको पहिलो खोप जिल्ला अस्पताल मुगुका डाक्डर कविर पौड्यालले शुभारम्भ गरेका छन् ।
आज बुधबार पहिलो दिन डाक्टर पौड्याल सहित ४० जना स्वास्थ्यकर्मीले खोप लगाएका हुन ।
सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी लगायत कोभिड १९ महामारी विरुद्धको अग्रपंक्तिमा खटिने व्यक्ति स्वास्थ्यकर्मीहरु लाई लगाउने निर्णय गरे







