मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ४ बजे मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको








