समाचार

७ वटा विद्यालयमा कार्पेट, कुसन र दराज वितरण

७ वटा विद्यालयमा कार्पेट, कुसन र दराज वितरण

   
हुम्लाको सर्केगाड गाउँपालिका र अदानचुली गाउँपलिकका ७ वटा विद्यालयमा कार्पेट, कुसन तथा दराज वितरण गरिएको छ । नेपाल लोक कल्याण संघ र जर्मनी स्थित नेपाल लोक कल्याण संघको आर्थिक सहयोगमा सर्केगाड गाउँपालिकाका ६ वटा विद्यालय तथा अदानचुली गाउँपालिका–३ स्थित एक विद्यालय गरी जम्मा ७ वटा विद्यालयमा शैक्षिक संस्थामा सामग्री वितरण गरिएको सामाजीक परिचालक दन्तराज कटुवालले बताउनु भयो । विद्यार्थीहरुलाई कक्षाको
इजाजतबिनै जडीबुटी संकलन रोक्न संकलनको लागि २१ दिने सूचना जारी

इजाजतबिनै जडीबुटी संकलन रोक्न संकलनको लागि २१ दिने सूचना जारी

   
हुम्लाको चंखेलीमा बाह्रै महिना अबैद्धरुपमा जडीबुटी सङ्कलन ।। हुम्लामा जडीबुटी संकलनको इजाजत लिनको लागि भदौ २९ गते मात्रै डिभिजन वन कार्यालयले सुचना जारी गरेपनि हुम्लाको चंखेली गाउँपालिकाका विभिन्न बनहरुमा बाह्रै महिना अबैधरुपमा जडीबुटी संकलन हुँने गरेको छ । हुम्लाको सबै भन्दा धेरै जडी बुटी पाइने चंखेलीका विभिन्न क्षेत्रहरुमा बाह्रै महिना केही व्यक्तिहरु अवैद्ध रुपमा जडीबुटी संकलन गर्ने गरेको बागे
पत्रकारद्धय महतारा र अधिकारीको ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक

पत्रकारद्धय महतारा र अधिकारीको ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक

   
कर्णाली । कर्णालीका अग्रज पत्रकारद्धय नवराज महतारा र प्रकाश अधिकारीद्धारा लिखित ‘कर्णालीको पत्रकारिता’ नामक पुस्तक सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्
बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध ।।

बाढी–पहिरोले कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध ।।

   
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुनुका साथै आसपासका बालीनालीमा समेत क्षति पुगेको छ । सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार थाहा खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बालीनाली नष्ट गरेको छ । उ
नेपाल–चीन सीमा वार्तामा हुम्ला–बझाङको सहभागिता, नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल ।।

नेपाल–चीन सीमा वार्तामा हुम्ला–बझाङको सहभागिता, नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल ।।

   
नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली चीनको पुलान काउन्टीमा पुगेको छ । चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन हुने सीमा वार्तामा सहभागि हुँन टोली त्यहाँ पुगेको हुम्ला जिल्लाका सहायक जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो । उहाँका अनुसार चार दिनसम्
ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

   
 स्वास्थ्य क्षेत्रमा हरेक वर्ष बजेट खर्च हुँदै आएको छ। स्वास्थ्य संस्था, औषधि, उपकरणदेखि विभिन्न कार्यक्रमका लागि सार्वजनिक स्रोत परिचालन भइरहेका छन्। तर, त्यसको प्रतिफल नागरिकले कति पाए ? स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा कति सुधार आयो ? यही प्रश्नको जवाफ खोज्दै ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले स्वास्थ्य क
हुम्ला प्रशासनको दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यास ।

हुम्ला प्रशासनको दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यास ।

   
जिल्ला प्रशासन कार्यालय हुम्लाले कार्यालयबाट दैनिक रूपमा प्रवाह भएका सेवाको विवरण सार्वजनिक गर्न थालेको छ । कार्यालयले हरेक दिन साँझ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सीमा पास, सिफारिसलगायत सेवाबाट कति सेवाग्राही लाभान्वित भए भन्ने तथ्याङ्कसहितको विवरण सार्वजनिक गर्न थालेको हो । कार्यालयले भदौ १ गतेदेखि यस्तो विवरण सार्वजनिक गर्न थालेको छ । हरेक दिन सार्वजनिक गरिएको विवरणमा नयाँ तथा प्रतिल
भोटेकोशी बाढीपीडितलाई नाम्खा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने ।

भोटेकोशी बाढीपीडितलाई नाम्खा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने ।

   
यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको खोजी, उद्धार र राहतका लागि हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, गोरखा र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको तथा हुम्लाका नागरिकसमेत प्रभावित भएको भन्दै विपद्धको दुःखद् घडीमा सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्र
कर्णाली नदीमा बेपत्ता भएका प्रशान्त रावलको शव २० दिनपछि भेटियो ।।

कर्णाली नदीमा बेपत्ता भएका प्रशान्त रावलको शव २० दिनपछि भेटियो ।।

   
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय प्रशान्त रावलको शव २० दिनपछि फेला परेको छ । गत भदौ ४ गते दिउँसो करिब २ बजे कर्णाली नदीमा पौडी खेल्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ सुनखाडाका रामचन्द्र रावलका छोरा प्रशान्त रावल र सोही गाउँकी विर्ख शाहीकी छोरी अन्दाजी १३।१४ वर्षीया अनु शाही बेपत्ता भएका थिए । बेपत्ता भएका प्रशान्तको शव भदौ २४ गते
संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने ।

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने ।

   
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ । बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्ने बुर्लाकोटीले बताए ।