हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै


रेडियो श्रीनगर हुम्ला पौष १० हुम्ला । हुम्लाको श्रीनगर खाद्य डिपोमा कुहिएको चामल बिक्री बितरण भएको छ । दशै अगाबै डिपोमा पुग्नु पर्ने चामल ढिलै समयमा पुयो तर कुहिएको चामल पुगेको छ । धनगढी मार्तडी हुँदै श्रीनगर पुगेको ३ सय कईन्टल मध्ये १ सय कुईन्टर बीक्री बितरण भएकोमा केही चामल कुहिएको भेटीएको र जस मध्ये ४ जनाले चामल फिर्ता गरी सकेका श्रीनगर खाद्य डिपोका प्रमुख चन्द्र बहादुर पुनले बताए । आफु कुनै दोसी नभएको दाबी गर्दै यसको सबै दोस नेपाल खाद्य संस्थानले लिनु पर्ने ठेकेदारले बताएका छन् मार्तडी शाँखाले दिएको जस्ताको तस्तै चामल ३ सय कुइन्टल चामल पठाएकोले आफु यसमा आफु कुनै संलग्न नरहेको उक्त चामलको ढुवानीको जिम्मा लिएका ठेकेदार नन्द महताराले बताए । कुहिएको चामल किन पठाईएको हो भन्ने जानकारी लिनको लागि मार्तडी शाँखालाई बुझ्दा शाँखा प्रमुख मेखराज ओझा टेलीफोन सम्पर्कमा आउनु भएन यो समस्या त्यहाँको मात्र नभई धेरै ठाउँको समस्या भएकाले माथिबाट प्राबिधिक ल्याएर छानबिन गर्ने कुरा चलीरहेको त्यहाँकै एक क्रमचारी पर बहादुर रावलले जानकारी दिए । चामल बिग्रेको थाहा पाई सके पश्चात तुरुन्त खाद्य डिपोलाई बोलाई छलफल गराएको र बिग्रेको चामलको छलफल नहुँन्जेल चामल बिक्री बितरण नगर्न डिपोलाई निर्देशन दिएको कार्यबाहक अध्यक्ष बिस्नु थापाले बताए आधिकारी रुपमा खबर नआएकोले आफु केही दिन पछि सुर्खेत गएर शाँखा कार्यालयमा बुझ्ने काठमाडौमा रहेका अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले जानकारी दिनु भयो
प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार ०५:२५  |