नक्कली नोट कारोबारमा संलग्‍न भएको भन्दै चार बंगलादेशी पक्राउ


भक्तपुर । नक्कली नोटको कारोबारमा संलग्‍न रहेको आरोपमा चारजना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्‍ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् ।

भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहीबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट २ हजार नेपाली रुपैयाँ दिई फरार भएको भन्ने सूचना आएपछि प्रहरी परिचालन भएको थियो ।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा तलासी गर्दा १ हजार दरको नक्कली नोट ज १६ थान सहित कुल १८ थान नक्कली नेपाली नोट र कोठामासँगै बस्ने ३ जनालाई नियन्त्रणमा लिएको हो ।

नक्कली नोट दिई फरार भएका अभियुक्त सुमन काठमाडौं पेप्सीकोला टाउनप्लानिङबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:१९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *