रेडियो श्रीनगर
हिमाली जिल्लाहरुमा आज फेरी हिमपात भएको छ ।
बिहिबार बिहान साढे दश बजेबाट हिमपात सुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधान हवाई सेवा समेत अवरुद्ध भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमकोट , सर्केगाड र चंखेलीका केहि स्थानमा तथा उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको छ भने दक्षिण क्षेत्रमा भने पानी मात्र परेको छ । पानी परे सँगै चिसोको कारण त्यहाँ रहेको होटल, पसल तथा सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समस्या भएको छ ।
नाम्खा गाउँपालीकाका अधिकाश बस्तीहरुमा हिमपातले गर्दा गाईबस्तुलाई घाँसपात गर्ने समेत समस्या भएको बताउँदै चिसोले घरभित्रै आगो बालेर ताप्दै बस्नु पर्ने बाध्य भएको त्यहाँका स्थानीयले बताएका छन् ।
जिल्लाका दक्षिणी क्षेत्रका किषानहरु भने पानी परेपछि कार्तिक, र मंसिर खेतबारीमा छरेको जेठ महिनामा पाक्ने जेठासी बाली गँहु, जौ, उवा राम्रो हुने भन्दै हर्षित छन् । हिमपातसँगै आएको वर्षाका कारण हुम्ला मुगु र बाजुरा जिल्लाका केही गाउँपालीकाका केही बस्तीहरु समेत प्रभाबीत भएका छन् । अहिले पनि निरन्तर रुपमा पानी परिरेकाे छ ।