नेकपाले राष्ट्रियसभाका उम्मेदवारहरु टुंगो लगायो,नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार


रेडियो श्रीनगर
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भसुाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा गजप्रसाद शर्मा, अन्यबाट गोपल भट्टराई लाई उम्मेदवार बनाएको छ यस्तै कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रकाशित मितिः     १८ पुष २०७६, शुक्रबार ११:५६  |