माथिल्लो हुम्ला सञ्चार बिहिन,तल्लो हुम्ला पावर बिहिन


काली बहादुर थापा

एक सातादेखि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट सञ्चारबिहिन भएको छ । कालिकोटको माहबु लेखमा रहेको रिपिटर टावरमा चट्याङले बिग्रारेपछि जिल्ला सदरमुकाम सिमकोट एकसातादेखि सञ्चारबिहिन भएको हो ।

टेलिकमको नमस्ते, ल्याणडलाइन फोन, एडिएसएल र एनसेलको टावरले काम नगरेपछि जिल्ला सदरमुकाम सिमकोट सञ्चारबिहिन हुन पुगेकाले समस्या भोग्नु परेको सेवाग्राहीको भनाई छ । एकसातादेखि सञ्चारबिहिन भएपछि जिल्लाका सञ्चारकर्मीले समेत समस्या भोग्न पुगेकोे जिल्लाका सञ्चारक्रमीहरुले जनाएका छन् । ।

टेलिफोन सेवा र इन्टरनेट सेवा नहुँदा सरकारी तथा गैहसरकारी कार्यालय र स्थानीय सेवाग्राही मर्कामा परेका छन । जिल्लामा रहेकाका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, साग्रिला विकास बैंक, सिटिजन बैंक, निर्धन उत्थान विकास बैक लगायतका बैक तथा वितिय संस्थामा इन्टरनेट नचल्दा उनीहरुको सेवा बन्द हुन पुगेको छ ।
सोलारबाट सञ्चालीत सम्पुर्ण कार्यहरु बन्द भएको सञ्चारक्रमी युवराज भण्डारीले जानकारी दिएका छन् जिल्लाको तल्लो क्षेत्रमा फोन र ईन्टरनेट सेवा सञ्चालन भए पनि पावरको अभावले बन्द हुँन पुगेको जानकारी दिए उनका अनुसार जिल्लाको तल्लो क्षेत्रमा जलबिद्युत नभएकाले सम्पुर्ण काम सोलारबाटै हुँने भएकाले एक साता देखीको लामो वर्षाले ब्याट्टीमा कुनै पनि पावर भएकोले कुनै पनि विद्युतीय सामग्रीहरु चल्न नसकेको बताए ।
लामो हिमपातका कारण माथिल्लो हुम्ला सञ्चार बिहिन भएको छ भने तल्लो हुम्ला पावर बिहिन भएको छ । घर घरमा जडान गरीएका साेलारहरुमा रहेकाे सम्पुर्ण शक्ती सकिए पछि गाउँघरमा फेरी झरो(स्थानीय लाैठ सल्लाेकाे काठ) बाल्न सुरु गरीएकाे स्थानीयले बताए ।

प्रकाशित मितिः     २३ पुष २०७६, बुधबार २३:१४  |