रेडियो श्रीनगर हुम्ला
२८ पौष । हिउँदे गाउँसभा अन्त्रगत हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाले सोमबार सम्पन्न भएको ताँजाकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष समेत रहेका गाउँपालिकाका प्रवक्ता प्रशान्त धमलाले बताउँनु भयो ।
गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लको अध्यक्षतामा गाउँपालिकाको भवनमा बसेको छैटौ गाउँ सभाले श्रावणमा सम्पन्न वर्षे अधिवेशनले बिनियोजन गरेका योजनाहरुलाई तदरुकताका साथ कामलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल बहस गरेको छ बजेटको बिषयमा भने कुनै छलफल नगरेको बताए ।
गाउँसभा सम्पन्न भए पश्चात रेडियो श्रीनगरलाई जानकारी दिदै प्रबक्त धमलाले सहकारी सम्बन्धमा बनेको कार्यबिधी,वन सम्बन्धमा बनेको कार्यबिधि संसोधन गरेको बताए । यसै गरी हिउँदे अबिधेशनले संघ र प्रदेश सरकार सँग माग गर्ने योजनाहरु पनि गाउँ सभाले पास पास गरेको छ । मदनदेब माध्यामीक बिद्यालयको आवासिय छात्रबास र कृषि सडक लगाएत केहि योजनाहरु प्रदेश सरकार सँग माँग समेत गर्दै गाउँपालिकाका अध्यक्ष मल्लले गाउँपालिकाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँ सभा सम्पन्न भएको बताए ।
अडियो गाउँपालीकाका प्रवक्ता प्रशान्त धमला