रेडियो श्रीनगर हुम्ला
२९ पौष । मंगलबार बाट फेरी मौषममा बदली भएको छ । मंगलबार बिहानै देखी निरन्तर वर्षा भएरहेको छ । हुम्ला लगाएत पहाडी जिल्लामा हिमपात भएको हप्ता दिन नबित्दै मंगलबार बिहानै देखी निरन्तर वषा भएकाले बिभिन्न कामलाई अबरोध पुर्याएको छ । पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ । तराईमा बाक्लो तुवाँलो नहट्दा जनजीवन प्रभावित भइरहेको छ । भने पहाडी क्ष्त्रहरुमा निरन्तर वर्षा भएकाले जनजिवन प्रभावीत भएको छ ।
वर्षासँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा र बालबालिका बिरामी समस्यामा परेका स्थानीयले जानकारी दिएका छन् । कुहिरो दिनभर रहने र बेलुकातिर हटेर जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । आज पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । सोमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो ।