ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट


बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् । बस विस्फोट किन र कसले गराएको भन्नेबारे केही नखुलेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मितिः     १ माघ २०७६, बुधबार २१:१२  |