मुगुमा जिप दुर्घटना हुँदा सात घाइते, ४ को अवस्था गम्भीर,गम्भीर चारै जनालाई नेपालगञ्ज रिफर


मुगु । जिल्लाको उत्तरी क्षेत्रको सोरु गाउँपालिका–६ को कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन । सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सिपतर्फ जाँदैै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा सोरु गाउँपालिका, गिलाहा गाउँकी जलना बम, बन्जाह गाउँका धर्मबहादुर मल्ल, लिब्रुकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेवी शाही, राष्ट्रिय वाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य, जुम्लाकी उषा भण्डारी र जिप चालक प्रकाश बश्याल रहेको छन ।

घाइतेहरूलाई घटनास्थालबाट ट्रयाक्टर मार्फत उद्धार गरेर प्राथामिक उपचारका लागि सिप गाउँमा रहेको स्वास्थ्य केन्द्रमा ल्याई प्राथमिक उपचार भइरहेको अनमी सरिता शाहीले जानकारी दिइन । घाइतेहरूको थप उपचारका लागि जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाइ जिल्ला सदरमुकाम ल्याइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । घाइतेमध्ये कमला शाही बाहेक अन्य ६ जनालाई गम्भीर चोट लागेको उपचारमा संलग्न स्वास्थ्यक्रर्मी शाहीले बताइन । जिप दुर्घटना भएको स्थान मुगुको सदरमुकाम गमगढीबाट सवारी साधनमा तीन घण्टा सडक दूरीमा रहेको छ ।

गम्भीर घाईते भएका ४ जनालाई थप उपचाका लागी आजै हवाईजहाजबाट नेपालगञ्ज रिफर गरीएको छ गम्भीर घाईते हुँनेमा चालक प्रकास बश्याल, बन्जाह गाउँका धर्मबहादुर मल्ल, राष्ट्रिय वाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य र गिलाहा गाउँकी जलना बम रहेका छन् उनीहरु चारै जनालाई आज ताल्चा बिमानस्थलबाट हवाईजहाजबाट नेपालगञ्ज लगिएको साेरु गाउँपालीकाबाट बिनाेद शाहीले जानकारी दिए । भने आफु चारै जनालाई नेपालगञ्ज नसिंङ् होममा उपचार भैरहेको राष्ट्रिय वाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्यले बताए ।

प्रकाशित मितिः     ४ माघ २०७६, शनिबार १७:१३  |