सोरुकोट २ तीर लीईदै गरेको स्थानीय मदिरा नष्ट


युवराज भण्डारी
२८ पौष । सोरु गाउपालीका अवस्थीत सोरु वर्मा चौकी बाट गस्तीमा गएको प्रहरी टोलीले ६० लीटर घरेलु मधीरा बरामत गरे लगत्तै सरोकारवालाको रवबरमा नस्ट गरीएको हाम्रा स्थानीय सम्बाददाता विनोद शाहीले जानकारी दिनु भएको छ ।

प्राय सोरुमा भेटीयको मधीरा भेटे पश्चात नष्ट गरीएको पाईएको छ भने अदानचुली गाउपालीकामा बरामत गरीएको मधीरा भने दुइ साता देखी प्रहरी चौकीमा थन्कीएको छ । पहिलो पटक चिनिया मदिरा बरामत भएको भए पनि उतm मदिरा नष्ट नगरेको पाईएको छ । गत ११ गते अदानचुलीको भान्जी होटल बाट अस्थाई प्रहरी पोष्ट श्रीनगरले बरामत गरेको थियो । सोही मधीरा नष्ट गर्नका लागी अस्थाई प्रहरी पोष्टले अदानचुलीका जनप्रतीनीधी,राजनीतीक दल तथा सरोकारवाला लाई आवान गरे पनि कसैको पनि उपस्थिती नहुँदा प्रहरी चौकीमै थन्कीएको छ ।

मदिरा बरामत गरे पनि सबै होटेल पसलहरुबाट बरामत गर्नु पर्ने बिभिन्न ठाउँमा यसको चर्चापरिचर्चा भैरहेको छ । बरामत गरे लगत्तै नष्ट गर्नुको साँटो चौकीमै थन्क्याएर राख्नुमा आशंका बढ्न थालेको समेत स्थानीयले बताएका छन् अनुसन्धान गरेर मात्र चौकीमा जाने सरोकारवालाहरुको भनाई रहेको छ ।

प्रकाशित मितिः     ४ माघ २०७६, शनिबार १९:११  |