राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप


माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले ह्वीप जारी गरेको छ।

सत्तारूढढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजपाका मतदातालाई अत्यावश्यक निर्देशन ह्विप लगाएका हुन्।

‘गठबन्धनमा रहेका चार जना उम्मेदवारलाई विजयी बनाउन निर्वाचनमा राजपा नेपालका मतदातालाई ह्विप जारी गरिन्छ,’ महतोले निर्देशन दिएका छन्।

प्रकाशित मितिः     ४ माघ २०७६, शनिबार २०:०६  |