आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न


युवराज भण्डारी
१० माघ । आठ दिनको लागि भनिएको तालिम ५ दिनमै सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याालय हुम्लाको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाले आयोजना गरेको टोपे टोसो नाम दिएको उक्त तालिम माघ नाै गते बिहिबारका दिन सम्पन्न भएको हाे ।

माघ ५ गतेका दिन अदानचुली गाउँपालीकाको सभाहलमा सुरु भएको उक्त तालिम सम्भाब्य उद्यमीका लागि ब्यबषायीक सचेतना तालीम अदानचुली गाउँपालीकाका कार्यबाहक अध्यक्ष बिस्नु थापाको प्रमुख आतिथ्यमा र संस्थाका प्रतिनिधी रतन भण्डारीको अध्यक्षतामा तथा अन्य गाउँपालीकाका प्रतिनिधिको उपस्थीती समापन गरीएको आयोजक सुरेश टमटाले जानकारी दिए ।

तलिममा सहभागी अदानचुली २ का धनलाल कटुवालले भने “दिन जती लगाए पनि उस्तै हुँने देखिउ त्यसैले हामी सबै सहभागीको आग्रहमा आठ दिन भनिएको तालिम पाँच दिनमै सक्न पठायौ संस्थाले तालिमको खाजा भत्ता भने ८ दिनको प्रतिदिन एक सयका दरले पाउँने जम्मा आठ सय रकम नै दियो” कार्यक्रमका प्रमुख अतिथि थापाले पनि ८ दिन भनिएकोमा गर्नु पर्नेमामा जोड दिए ।

तालीममा पी आर ए बिधि द्धारा अदानचुली गाउँपालीका वडा नं १,२ र ३ सामाजीक,आर्थिक र भौतीक नक्सा पनि तयार गरेको आयोजकले जानकारी दिएको छ तालीमका अदानचुली गाउँपालीका वडा न. १ का १५,वडा न.२ का १०,वडा नं. ३ का १० र मकै क्षेत्रका १५ जना गरी ५० जनाको सहभागीता रहेको छ ।

प्रकाशित मितिः     १२ माघ २०७६, आईतवार ०८:२८  |