बिषय एक बिबाद अनेक


काली बहादुर थापा हुम्ला
माघ ११ ।। जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पौष ११ गते श्रीनगर प्रहरी चौकीले बरामत गरेको चिनिय मदिरा नष्ट गर्न ढिलाई गरेको भन्दै अदानचुली गाउँपालीकाका केही जनप्रतिनिधिहरुले आनाकानी गरे । श्रीनगर प्रहरी चौकीले भने आनाकानी गरे पनि अदानचुली गाउँपालीकाका कार्यबाहक अध्यक्ष बिस्नु थापाको रहोबरमा एक महिना अघि बरामत गरेको एक सय उनन्साठी बोतल चिनिया र बिस लिटर घरेलु मदिरा प्रहरी चौकीमै नष्ट गरेको छ ।

यता अदानचुली गाउँपालीका वडा न. ३ का वडा अध्यक्ष दत्त बिष्टले भने सोही दिनमा नष्ट गर्नु पर्ने मदिरा एक महिना सम्म चौकीमै राखेको भन्दै आफुलाई नष्ट गर्न बोलाए पनि नगएको बताए । उनले भने“प्रहरी चौकी ईन्चार्ज मिन बहादुर खड्का आफु दैनिक वडा नं. ४ मा रहेको चन्दरुप पुनको होटेलमा मदिरा सेवन गर्दै दिहू राती मात्र चौकीमा आउने गरेकोले खड्का ईन्चार्ज रहुन्जेल सम्म मदिरा नियन्त्रण नहुँने” आरोप लगाउनु भएको छ ।

यता स्थानीय दिप बहादुर बुढाले पनि पानी भर्न आउने सामानय नागरीकहरुलाई अस्लील शब्द प्रोयोग गर्दा आफुले धेरै दिन सुनेको बताए ।
घटना माघ २ गतेको रहेछ प्रहरी हवल्दार धन बहादुर कुँवरले भन्नु भयो“ प्रहरी चौकीका ईन्चार्ज खड्काको निर्देशनमा बजारबाट खसीको मासु चौकीमै ल्याँए चौकीमा कार्यरत तिन जना बाहेक अरु सबैले मदिरा सेवान गर्न लगाउनु भयो । अनि उहाँले मदिरा सेवन नगर्नेलाई महिनाको दश हजार खर्च गर्न नसक्ने भन्दै बम्कीनु भयो त्यो दिन मैले पनि मदिरा सेवन गरेको थिए मलाई उक्त कुरा अपच भैरहेको थियो त्यही समयमा अनावश्यक नानाथरीका कुरा गरे पछि मैले प्रहरी इन्चार्जलाई भने“गाउँपालीकाले मदिरा नियन्त्रणको अभियान सञ्चालन गरेको छ यसरी हाम्रो संस्थाको प्रमुखले नै मदिरा सेवन गरे पछि हाम्रो अस्तीत्व कहाँ रहला” सर भन्दै थिए उहाँ(मिन ब खड्का)ले कमाण्डरको कुरा नमान्ने भन्दै हात हाल्नु भयो मैले आत्म रक्षाको लागि भए पनि समात्नै पर्ने भयो समात्दा जकेट च्यातियो र मैले खाएको बेला गल्ती भयो जयनेपाल भन्दै आफ्नो ड्युटिमा गए ।

पछिल्लो बिहान झुसमुसेमै उहाँले प्रशासनको ढोका अगाडी पिसाब फेर्नु भयो र प्रहरी जवानलाई पानीले उक्त पिसाब सफ ागर्न लगाउनु भयो पछि सबैले यस्तो गर्नु उपयुक्त होइन भने पछि प्रहरी इन्चार्जले खाएकोमा गल्ती भयो यो कुरा बाहीर नलिन भन्नु भयो हामी सबैले मान्यौँ तर उक्त कुरालाई ठ्याक्क बङ्याएर जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गर्नु भएछ त्यो कुरा मलाई थाहै भएन । प्रहरी चौकीको प्रशासनमा ताला लगाएर आफ्नो एकजना जवानलाई लगेर रिसायर सरासर गल्फागाड तिर जानु भयो उनले भने । पछिल्लो साँझ तिर आउँनु भयो मैले सोधे सर कहाँ जानु भएको थियो ? उहाँले जहाँ गए पनि के भयोर जिल्ला प्रहरी कार्यालयलाई सोधेर गएको छु ।

पछिल्लो दिन त एकाएक आफ्नो रमना कागज तयार भएको रहेछ । मैले भने मलाई अन्याय भयो मेरो किन रमना ? गल्ती गर्ने तपाई,प्रहरी चौकीमै मदिरा सेवन गर्ने तपाई,दिनभर हामीलाई डिउडिमा खटाएर जुवातास खेल्ने तपाई,दुनयिालाई अस्लील शब्द बोल्ने तपाई,ढोकामा पिसाब फेर्ने तपाई,कारबाही मैले पाउँने ? यो हुँन सक्दै भन्दै भनाभन भयो तर हाकीमको अगाडी केनै लाग्थ्योर ? प्रहरी हवल्दारले प्रशाससन भित्र भएको दमनलाई जिल्ला प्रहरी कार्यालयमा भने तर कुनै लागेन । अन्तत उनले रमन नबुझ्ने भन्दै बजारका सबैलाई जानकारी गराए पछि मात्र यो कुरा बाहिर आयो । अनि प्रहरी हवल्दार कुँवरले गाउँपालीकालाई जानकारी गरे । गाउँपालीकाका कार्यबाहक अध्यक्ष बिस्नु थापाले आफु त्यहाँ गएर बुझदा प्रहरी चौकी ईन्चार्जकै गल्ती भएकोले एक लाई हैन दुबै जनाको सरुवाको माग गर्दै गाउँपालीकाका अध्यक्ष र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई सकेको बताए ।

प्रहरी चौकी ईन्चार्ज खड्काले भने यस्तो कुनै पनि नभएकोले आबश्यकता अनुसार जिल्ला प्रहरी कार्यालयले सरुवा गरेको हुँन सक्ने बताउनु भयो प्रहरी जवानले भने कुनै मुख खोल्न मानेन् हो या होईन कुनै भन्न मानेनन् ।

जिल्ला प्रहरी कार्यालयले भने सरुवा बढुवा हाम्रो नियमित प्रकृया भएको बताउँदै एक जना हवल्दारको सरुवाहुँनु कुनै ठुलो विषय नभएको जानकारी दिएको छ यदी प्रहरी चौकी ईन्चार्जनै गलत देखीए गाउँपालीका र त्यहाँका स्थानीयले लिखित रुपमा जानकारी दिनु पर्ने र जानकारी आए लगत्तै दुबै जनालाई अन्तै सरुवा गर्न सकीने बताएको छ । प्रहरी हवल्दारलाई अन्याय भएको भए सोहीले जानकारी गराउँनु पर्ने भन्दै प्रहरी हवल्दारले आफु कहाँ कुनै जानकारी नदिएको बताउँदै आफुभन्दा माथिल्लो निकायले भनेको मान्नु पर्ने भन्दै आफु जिल्ला भन्दा बाहीर रहेकाले आफु बुझेर खबर गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्र्तीमगरले बताउँनु भयो ।

हवल्दारलाई सरुवा गर्न खोज्दा इन्चार्जनै बिबादमा तानिदा,दुबैजना हिडे जिल्ला सदरमुकाम

श्रीनगर प्रहरी चौकीका बिबादित दुबैजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले झिकाए पछि दुबी जना शुक्रबार जिल्ला सदरमुकाम सिमकोट हिडेका छन् आन्तरीक बिबादका कारण प्रहरी हवल्दार धनबहादुर कुँवरलाई सरुवा गर्न खोज्दा प्रहरी चौकी ईन्चार्ज मिन बहादुर खड्कानै बिबादमा ताँनिदा आज दुबै जना सिमकोट तिर हिडेको स्रोतले जानकारी दिएको छ । केहि दिन अघि मदिरा सेवन गरी प्रहरी चौकीका ईन्चार्ज र हवल्दार बिच बिबाद हुँदा बिहिबार प्रहरी हवल्दार कुँवरको रमना आएको थियो आफुले गल्तीनै नगरेकोमा रमना आएको तर गल्ती गर्नेको रमना नआएको भन्दै जिल्ला प्रहरी कार्यालयमा आ आफ्नै तरीकाले जाहेर गरे अनुसार शुक्रबार बिहान दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले झिकाएकोले दुबै जना जिल्ला प्रहरी कार्यालय तिर हिडेको श्रीनगर प्रहरी चौकी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मितिः     १२ माघ २०७६, आईतवार ०८:४८  |