राष्ट्रिय सडक सञ्जालमा जोडिदै हुम्ला


काली बहादुर थापा हुम्ला
१५ माघ हुम्ला । कर्णाली करीडोर अन्त्रगतको धुलाचौर लेब्णी – सलिसल्सला सम्मको सडक खण्ड अनुगमनको लागि आएको अनुगमन टोलीले अदानचुलीको तिर्थासैन सम्मको सडक अनुगमन गरेको छ ।

हुम्ला जिल्लाका प्रमुख अधिकारी बिनिता भटराईको संयोजकत्वमा नेपालगञ्जबाट बाजुरा कोलीटी सम्मको हवाई उडान मार्फत आएको हो । बाजुराको कोल्टी देखी हिमाली गाउँपालीकाको केन्द्र धुलाचौर सम्म एक अगाडी देखी सडक सञ्चालनमा आएको थियो भने धुलाचौर देखी लेब्णी सम्मको करिब पाँच किलोमिटरको दुरीमा सवारी साधन सञ्चालनको लागि नेपाली सेनाले अनुमती दिए पनि बजार ब्यबस्थापन नभएको कारणले सडक सञ्चालनमा आएको छैन सडकमा सवारी साधान गुडाउन प्राबिधिक दृष्टिकोणले उपयुक्त भए पनि केही प्रकृयाका काम बाँकी रहेको भन्दै हुम्ला र बाजुराको सिमाना कवाडी सम्म नेपाली सेनाको अनुमतीमा अति अशत्त बिरामी र कुनै भौतीक पुर्वाधारका सामग्री बोकेर ल्याएका मालबाहक गाडी बाहेक अन्य कुनै पनि सवारी साधनहरु नगुडेको अबस्थामा मौषम प्रतिकुलताका बाबजुत पनि अनुगमन टोलीले आठ वटा बोलेरो जिपहरु बजुराको सिमानाबाट हुम्लाको करिब पाँच किलोमिटर दुरी पार गरी तिर्थासैन सम्म पुगे ।


सिमसिमे पानी पनि पर्दै थियो तर स्थानीयहरुको मुहार सबैको हँसीलो मात्रै हैन खुसीको सिमा नै थिएन हुम्ला र बाजुराको कवाडीमा स्थानीयको ठुलै लर्को थियो सबैले फुलमाला अबिर खादाले आठ वटै जिपहरुमा सवार अनुगमन टोली अनि ति जिपहरुका चालकहरुलाई रङ्ग्याए । आकासबाट परेको कुनै पानीको प्रबाह नगरी स्थानीय नागरीकहरुले रोक्दै सडक अनुगमनमा आएको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनिता भटराई,जिल्ला प्रहरी कार्यायल हुम्लाका प्रहरी नायब उपरिक्षक रामप्रशाद घर्ती मगर,जिल्ला अनुसन्धान कार्यालयका प्रमुख सन्जीभ चौधरी,ने क पा हुम्लाका अध्यक्ष लालकेश जैसी,अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेरा, ताँजाकोट गाउँपालीकाका अध्यक्ष बागदल मल्ल र अदानचुली गाउँपालीकाकी उपाध्यक्ष सौमती रावललाई धन्यबाद दिदै अबिरले निधार थाप्न भ्याई नभाई भयो ।

हुम्लाको सदरमुकाम सिमकोटका नागरीकले एक वर्ष अगाडी देखेता पनि हुम्लाको दक्षिणी क्षेत्रका नागरीकले आफ्नो भुमीमा गाडी चलेको यो पहिलो दिन थियो तर नेपाली सेनाले भने बिच बिचमा सडक निमार्ण गरी रहेकाले यसमा निरन्तर सञ्चालनको अनुमती दिन नसक्ने बताए पनि स्थानीयहरुले छिटो भन्दा छिटो सडक सञ्चालनमा ल्याउनु पर्ने माग गरे ताँजाकोटको पैमा देखी तिर्थासैन सम्म जिपहरुले दुई चक्कर लगाए ति चालकहरुले पनि सडक बाजुराको भन्दा हुम्लाको सडक अझ स्तरीए भएकाले यसमा गाडी गुडाउन सजिलो हुँने बताए । सोही गाडीमा ताँजाकोट गाउँपालीका वडा न.२ का ६२ वर्षिया नन्द प्रशाद जैसीले पनि एक चक्कर लगाए उनले भने“रुपैया जसले तिरे पनि आफ्नो भुमीमा पहिलो पटक गाडी चढे मेरो जिबनकै खुसी कुरा हो” उनले थपे मैले आज राजपुरमा गाडी चढे जस्तै भयो मैले धेरै वर्ष अघि राजापुरमा चढेको गाडी बल्ल आज देखे, मैले सोचेको पनि थिएन मेरो दिनमा मेरो भुमीमा यसरी गाडी चल्छन् होला, धन्यबाद नेपाली सेनालाई । नजिकै फुलमाला समाएर दैडिदै थिए अदानचुली १ का ४९ वर्षिया(काल्या देबताका धामी) रुपचन्द्र थापा पनि उनको त झन खुसीको सिमानै थिएन उनि घरबाट गाडी हेर्नकै लागि घरबाट तिन घण्टाको पैदल दुरी पार गरी आएका रहेछन् उनले यो भन्दा खुसीको दिन अरु कुनै नहुँने भन्दै हामी सबैले माला लगाउनु पर्नेमा सबै हरीरहेका ब्यापारीहरुलाई उक्साए ।


त्यो किसिमको उत्साह देखेर मैमामा एक कोण सभा गरे उक्त कोण सभामा नेकपा हुम्लाका अध्यक्ष लालकेश जैसीले कालीकोट देखी धुलाचौर सम्मको सडक यो भन्दा कैयौ गुना खराब छ तर पनि गाडी गुडी रहेको छ त्यो भन्दा त यो सडक कयौ गुना स्तरीय भएकाले यो खनुगमन टोलीले अदाचुलीको दौमुख सम्म तत्काल सडक सञ्चालनमा ल्याउने र दौमुख देखी सर्केगाडको बालुकुना सम्म सडक सञ्चालनको लागि अनुरोध गरी तत्काल नियमित सञ्चलन गराउने प्रतिबधता ब्यक्त गरे । बाजुरा र हुम्ला जोड्ने कवाडी पुलबाट करिब आधा घण्टा अर्थात करिब पाँच किलोमिटर सडकको अनुगमन जिपमा सवार गरेर हुम्लाको अदानचुलीको तिर्थासैनमा पुगेपछि आफ्नो अनुगमनले केही काम बाँकी रहेकाले हामी चंखेली र सर्केगाडको सिमाना सलिसल्ला सम्म अनुगमन गर्ने बताईन् र यो जहाँसम्म सडक सञ्चालनमा ल्याउन सकिने अबस्था त्यहाँ सम्मको केही काम बाँकी देखीएकाले काम सम्पन्न भएपश्चात तत्काल सडक सञ्चालनमा ल्याई यहाँका नागरीकहरुलाई सहज पु्याउन पहल गरीने टोलीको नेतृत्व गरेकी प्रमुख जिल्ला अधिकारी बिनिता भटराईले बताईन् ।

कतीपय ठाउँमा केही समस्या छ अब नेपाली सेनाले बाँकी रहेको काम सम्पन्न गराउँदा बित्तीकै निरन्तर गाडी गुड्ने र गुडाउने ताँजाकोट गाउँपालीकाका अध्यक्ष बागदल मल्लले बताए । उनले भने “यदी तत्काल सडक सञ्चालनमा नल्याए आफ्नो गाउँपालीकाका भौतीक पुर्वाधारका योजनाहरुका काम अधुरा रहने छन् यस आर्थिक वर्षका सबै योजनाहरुको डिजाइन् स्टमेट सोही अनुसार गरेका छौं” त्यसैले पनि तत्काल सडक सञ्चालनमा ल्याउनै पर्ने दाबी गरे । अदानचुली गाउँपलीकाका अध्यक्ष दल फडेरा पनि तत्काल सडक सञ्चालनमा ल्याउछौं ढुक्क हुँनुस् उनले भने“ट्रया्क ओपन भएको छ हामीले अनुगमन गरेका छौ आज गरेको अनुगमनको प्रतिबेदन छिट्टै सम्बन्धीत ठाउँमा पुगाएर यहाँका नागरीकलाई सहज पुर्याउने छौ”।


नेपाली सेनाका एक उच्च अधिकारी (मेजर) मिलन कार्कीले भने “कवाडी देखी दौमुख वा हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान सम्म तत्काल सडक सञ्चालनमा ल्याउन सकिन्छ तर पनि कुनै ठाउँमा थोरै थोरै काम बाँकी छ काम गर्दा गर्दै सडक सञ्चालनमा ल्याउन केही समस्या हुँन्छ र यसको प्रकृया पुरा गर्न समय लाग्छ” भन्दै स्थानीय सरकारले पनि सडक सञ्चालनका प्रकृया पुरा गरे पछि मात्र सडक सञ्चालनमा आउने बताए ।

धुलाचौर देखी दौमुख सम्म करिब २२ किलोमिट छ भने हुम्ला मात्र तत्काल सडक सञ्चालनमा ल्याउन सकिने कवाडी देखी दौमुख सम्म ८ किलोमिटर दुरी रहेको छ जहाँ मानिसहरुलाई पैदल यात्रा गर्न डेढ घण्टाको दुरी पार गर्नु पर्छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी हुम्लाका अध्यक्ष लालकेश जैसी, अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा, ताँजाकोट गाउपालिकाका अध्यक्ष बागदल छत्याल,अदानचुली गाउँपालिकाका उपाध्यक्ष सौमती रावल (ऐडि), प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ति मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्ट,राष्ट्रिय अनुसन्धान अधिकृत सञ्जीभ चौधरी, रेडियो बुढीनन्दाका अध्यक्ष सर्पलाल गिरी, प्रवन्ध निर्देशक अनिल शाही सहित रेडियो श्रीनगरका प्रतिनिधिहरु लगायत राजनैति दल, जनप्रतिनिधि, नागरीक समाजको संयुक्त टोलीले सडक स्थलगत अनुगमन गरेको हो ।

 

प्रकाशित मितिः     १६ माघ २०७६, बिहीबार १९:०८  |