युवराज भण्डारी
१६ माघ हुम्ला । हिउँदे मौसममा सञ्चालीत हुम्लाको एक मात्र बिद्यालय देबल आधारभुत बिद्यालयले बिभिन्न पुजापाठ गरेर सरस्वती पुजा गरेको छ बिद्याकी देवीका रुपमा चिनिने सरस्वतीकोे मन्दीरमा गएर गाउँका सबै अबिभावक बोलाए उपाध्यय बाहुन द्धारा टिका लगाएको उक्त बिद्यालयमा बिद्यार्थीले शिक्षा आर्जन गर्न सफता मिलोस भन्दै पुजा पाठ गरेका हुन । फेज नेपाल र बिद्यालयको संयुक्त आयोजनामा बिद्यलयमा अध्ययनरत बिद्यार्थीहरुलाई सदन वाईच हाजीरीजवाफ प्रतियोगिता पनि गरेको छ ।
हुम्ला जिल्लाका सबै बिद्यालयहरु मिनपचासको लागि हरेक वर्ष पुष र माघमा बिदा गरिन्छन् भने जिल्लाको तल्लो क्षेत्रमा रहेको एक मात्र हाम्रो बिद्यालय हरेक वर्ष अषाढ र साउन महिनामा बिदा गर्दछौ प्रधानाध्यापक काली बहादुर रावतले बताए । उनले भने“हुम्लाको एक मात्र क्षेत्र हो यो अत्याधीक गर्मी हुँने त्यसैले पनि हामीले गर्मी महिनामा बिदा गर्दछौं” उनले थपे आज हामीले सरस्वती पुजा सँगै चौउन्न जना नयाँ बिद्यार्थीको भर्ना गर्यो अनि सबै भर्ना भएका बिद्यार्थीलाई अक्षर पनि चिनायौ ।
यता अदानचुली गाउँपालीकामा रहेको सुर्योदय माध्यामीक बिद्यालय र छत्रपाल आधारभुत बिद्यालयमा पनि सरस्वतीको पुजाआजा गरेको बिद्यार्थी भक्त शाहीले बताए उनले भने“हामी एस ई ई को लागि तयारी कक्षा लिई रहेका छौ हामी सबै साथीहरु र शिक्षकहरु ीबच सर सल्लाह गरेर सरस्वतीको पुजा गर्ने निधो गर्यौ आज सबैले बिद्यालय हातामा रहेको सरस्वतीको मन्दीरमा गएर पुजाआजा गर्यौ”। यतीमात्र होईन बिद्यालयमा तयारी कक्षा लिई रहेका बिद्यार्थीहरुका सृजनालाई प्रस्फुटन गराउनको लागि कविता,मुक्तक गजल र गीत गाउदै नाचगान गरी रमाईलो गराएको उक्त बिद्यालयमा तयारी कक्षा अध्यापन गराई रहेका शिक्षक बिशाल भण्डारीले जानकारी दिए ।