हिउँदे गाउँ सभा सम्पन्न,२१ वटा ऐन नियम र कार्यबिधिहरु सर्बसम्मतले पारित


२३ माघ । अदानचुली गाउँपालीकाको हिउँदे गाउँ सभाले २१ वटा कार्यबिधि,निर्देशिका,ऐन तथा नियमावलीहरु पारित गरेको छ । बिहीबार बसेको छैटौ गाउँ सभाले १४ वटा कानुन पास गरे सँगै २१ वटा कानु पारित भएका हुँन् । गाउँपालीकाको चौथो गाउँ सभाले ७ वटा कार्यबिधिहरु पारित गरी सकेको थियो ।

कानुनहरु पारित भए पनि कार्यान्वयनमा भने आएका छैन् ७ वटा कानुन यस अघिनै राजपत्रमा प्रकासीत भएको अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले बताउनु भयो । बिहिबार पास भएका कानुनहरुलाई अब तत्काल राजपत्रमा प्रकासन गरी कार्यान्वयन गर्ने बताउँदै सबैले सहयोग गर्न आग्रह गर्नु भयो ।

३३ सदस्यीय गाउँ सभामा ३२ जना प्रासदको सर्मथनमा सबै ऐन,नियमावली,कार्यबीधि र निर्देशिकाहरु पारित गरेको वडा नं. ३ का वडा अध्यक्ष दत्त बिष्टले बताए ।

अदानचुली गाउँपालीकाले पारित गरेका कार्यबिधि ऐन र नियमावलीहरु(छैटौ गाउँसभाबाट)

१.अदानचुली गाउँपालीकाको सार्वजनीक खरीद ऐन २०७६,
२.अदानचुली गाउँपालीकाका ब्यवसाय दर्ता तथा नविकरण कार्यबिधि २०७६
३.अदानचुली गाउँपालीकाको संस्था दर्ता बिद्येयक २०७६,
४.अदानचुली गाउँपालीकाको तथ्यांक तथा अभिलेख ब्यबस्थापन बिद्येयक २०७६,
५.अदानचुली गाउँपालीकाको बैठक तथा भ्रमण खर्च सम्बन्धी निर्देशिका २०७६
६.अदानचुली गाउँपालीकाको सार्वजनीक निजि साझेदारी बिद्येयक २०७६,
७.अदानचुली गाउँपालीकाको औधोगीक ब्यवसाय बिद्ययेक २०७६,
८.अदानचुली गाउँपालीकाको आर्थिक सहायता कोष सञ्चालन तथा ब्यबष्स्थापन कार्यबीधि २०७६
९.अदानचुली गाउँपालीकाको कृषि बिकास बिद्येयक २०७६,
१०.अदानचुली गाउँपालीकाको शिक्षा निति २०७६
११.गाउँ शिक्षा योजना २०७५(२०७९
१२.अदानचुली गाउँपालीकाको शिक्षा योजना कार्यान्वयन कार्यनीति २०७६,
१३.अदानचुली गाउँपालीकाको एफ.एम रेडियो(ब्यबस्थापन तथा सञ्चालन)गर्न बनेको बिद्ययेक २०७६
१४.अदानचुली गाउँपालीकाको प्रहरी बिद्येयक २०७६

यस अघि नै पारित भएका ऐन नियम र कार्यबिधिहरु

१. सहकारी ऐन ,२०७५
२. सहकारी नियमावली २०७५
३. घ वर्गको निमार्ण ब्यबसायी ईजाजत पत्र सम्बन्धी कार्यबिधि २०७५
४. स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा ब्यवस्थापन सम्बन्धी कार्यबिधि,२०७५
५. गाउँ सभा सञ्चालन कार्यबिधि,२०७५
६. आर्थिक ऐन २०७५
७. बिनियोजन ऐन २०७५
८ आ.व. २०७६।०७७ को निति तथा कार्यक्रम र बजेट

प्रकाशित मितिः     २३ माघ २०७६, बिहीबार १९:५८  |