२३ माघ । निकै लामो रस्साकस्सी पछि अन्तत अदानचुली गाउँपालीकाले गाउँपालीका केन्द्रको टुंगो लगाएको छ ।
आर्थिक वर्ष २०७५।०७६ देखी सामान्य रुपमा छलफल हुँदै आएकोमा आ.व.२०७६।०७७ को पहिलो बैठकले जग्गा छनौट मुल समिति र जग्गा छनौट समिति गठन गर्यो । जग्गा छनौट समिति र जग्गा छनौट मुल समितिले सोही समयमा अदानचुली गाउँपालीका वडा नं. ३ मा रहेका ओखलढुंगा क्षेत्र,बुणेली क्षेत्र,रिठापाटा र कफाडी क्षेत्रको भ्रमण अनुगमन गर्यो र त्यसको प्रतिबेदन २०७६ साल माघमा गाउँकार्यपालीकामा पेस गरेको अदानचुली गाउँपालीका स्रोतले बतायो ।
प्रतिबेदन गाउँपालीकामा पेश भए लगत्तै हुम्ला जिल्ला अदालतका वैतानिक वकिल समेत रहेका देविशरण फडेराको संयोजकत्वमा ५ सदस्यिय जग्गा छनौट समिति बनेको थियो उक्त समितिले भ्रमण अनुगमनको आधारमा करिब ५० रोपनि बराबरका तिन वटा स्थान छनौट गरेर पठायो । बुणेली क्षेत्रमा रहेको बुणतोला,बामनतोला चौर,ओखल्ढुंगा नजिकै रहेको डाँडा डाङ्ग्रा चौर र रिठापाटा चौर गरी प्रथामीकताको आधारमा तिन स्थान छनौट गरी जग्गा छनौट मुल समितिमा पाएको थियो । उक्त समितिमा नेकपाका कर्ण रोकाया(सुधार),नेपाली कंग्रेशका प्रेम बहादुर भण्डारी,वडा नं. २ का कृष्ण भण्डारी र गाउँपालीकाको तर्फबाट उब्जन रोकाया सदस्य सचिब थिए ।
गाउँपालीकाकी उपाध्यक्ष सौमती रावलको संयोजकत्वमा ६ सदस्यीय जग्गा छनौट मुल समितिको बैठक २०७६ साल माघ २१ गते न्यायिक समितिको कार्यलयमा बस्यो उक्त समितिले तेस्रो नम्बरमा रहेको रिठापाटा चौरलाई हटाएर प्रथामिकताकै आधारमा बुणेली क्षेत्रमा रहेको बुणतोला,बामनतोला चौर,ओखल्ढुंगा नजिकै रहेको डाँडा डाङ्ग्रा चौरलाई गाउँकार्यपालीकामा पठायो । उक्त समितिमा वडा नं. १ का वडा अध्यक्ष रग्या थापा,वडा नं. २ का वडा अध्यक्ष दल बहादुर बुढा,वडा नम्बर ३ का वडा अध्यक्ष दत्त बिष्ट,वडा नम्बर ६ का वडा अध्यक्ष सुरजित्या टमटा र प्रमुख प्रशासकीय अधिकृत सदस्यहरु थिए । वडा नम्बर २ र ३ का वडा अध्यक्षले भने कार्यपालीकाको बैठकमा असहमती जनाए पनि गाउँसभामा समर्थन जनाएका कार्यपालीकाका एक जना सदस्यले बताए ।
जग्गा खरिद मुल समितिको सिफरीस त्यसैको भोली पल्ट बसेको गाउँकार्यपालीकाको बैठकले प्राथामिकताको आधारमा पहिलो नम्बरमा रहेको बुणेली क्षेत्रको बुणतोला,बामनतोला चौरलाई हटाएर ओखल्ढुंगा नजिकै रहेको डाँडा डाङ्ग्रा चौरलाई थोरैको असहमती देखीए पनि बहुमत संख्याले पारित गर्यो गाउँकार्यपालीकाले पारित गरेको गाउँपलीकाको केन्द्रको स्थान ओखल्ढुंगा नजिकै रहेको डाँडा डाङ्ग्रा चौरलाई बिहिबार सम्पन्न छैटौ गाउँसभाले समेत पारीत गरेको छ ।