२४ माघ काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो।
आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो।
अख्तियारले गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी संसद सचिवालयलाई गराएसँगै सचिवालयले सूचना जारी गरेको हो।
संसद सचिवालयको विज्ञप्ति