नेकपा अध्यक्ष प्रचण्डमाथि मञ्चमै जुत्ता प्रहार ! (बिज्ञप्ति सहित)


काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ ।  आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।  मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियत्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका छन् ।

नेकपा जुम्लाले भने उनी नेकपा निकट नभई बिप्लब समूह सँग सम्बन्धित भएकाे भन्दै प्रेष विज्ञप्ति प्रकासित गरेकाे छ । photo file

प्रकाशित मितिः     १८ फाल्गुन २०७६, आईतवार १९:०३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *