युवराज भण्डारी
फाल्गुुुण २७ हुम्ला । चैत ६ गते बाट सुरुहुने एसईइ परीक्षाकाे केन्द्राध्यक्षका लागी भन्दैै सदरमुकाम बाहिरका शिक्षकहरु जिल्ला सदरमुकाम तीर दौडधुप गर्न थालेका छन् ।
बिद्यालयकाे नियमित कक्षा सञ्चालनलाई छोडेर केन्द्राध्यक्षको आसमा रहेका हुम्लाको तल्लो क्षेत्रमा रहेका माध्यामिक तहका शिक्षकहरुको दौडधुप भएको हो ।
शिक्षकहरूले कुनै पनि संघ संगठनमा रहन नपाउने भनेता पनि आफू आबद्ध संगठनहरूमा भिटाे पावर लगाउने भन्दै आफू ईतरका नेताहरूलाई समेत आफुले केन्द्राध्यक्ष पाउनु पर्ने भन्दै जानकारी गराई सकेकाे एक जना शिक्षकले बताए ।
भौगोलीक विकटको कारण देखाउदै परिक्षा हुनु भन्दा करीब १० दिन अगाबै उनीहरु जिल्ला सदरमुकाम सीमीकोट तिर हिडेका हुन ।
पुस १५ बाटको मिन पचासकाे बिदा पछि विद्यालयमा हाजीर भएको एक साता नबित्दै फेरी विषय शिक्षक नै केन्द्राध्यक्षको आसमा जिल्ला धाउदा पठन पाठनमा समस्या भएको माध्यमिक बिद्यालयमा अध्ययनरत एक विद्यार्थी गुनासो गरे ।
यता शिक्षकले भने दुई दिन जान र दुई दिन आउन गरि चार दिन मात्र लाग्ने भएको भन्दै आफुहरु हिड्नु परेको बताएका छन ।
हुम्ला जिल्लामा दुई वटा परीक्षा केन्द्र सदरमुकाममा रहेका छन , दुई वटा मध्य क्षेत्र मानिने सर्केगाड गाउपालीका र तल्लो क्षेत्रको रुपमा चिनीने अदानचुली गाउपालीकामा एक केन्द्र , ताजाकोट गाउपालीकामा एक केन्द्र गरी ६ वटा परीक्षा केन्द्र रहेका छन ।
परीक्षा केन्द्र रहेको विद्यालयमा प्रधानाध्यापक नै केन्द्राध्यक्ष भए आफु अध्यापन गराउने विद्यालयमा केन्द्राध्यक्ष रहने भएको जिल्ला शिक्षा समन्वय हुम्लाले जनाएको छ । बाँकी तिन जना शिक्षक भने जिल्ला शिक्षा समन्वयले खटाएको परीक्षा केन्द्रमा जाने भएका छन ।