कसैको दबाबमा सामाजीक सुरक्षा भत्ता बितरण नगर्ने अदानचुली गाउँपालीकाका अध्यक्ष फडेराको दाबी,हामी आफ्नो गाउँपालीकाको सिस्टम प्रकृया र पद्धतीमै जाने(अडियो सहित)


युवराज भण्डारी प्रस्तोता
रेडियो श्रीनगरले प्रशारण गर्दै आएको कार्यक्रम “हाम्रो गाउँपालिका हाम्रो गतिबिधि” नामक कार्यक्रम मार्फत अदानचुली गाँपालीकाका अध्यक्ष दल फडेराले यस्तो बताउनु भयो । उहाँले अबको केही दिनमा गाउँपालीकामा बिस्व भर महाँमारीको रुपमा फैलीएको कोरोना भाईरसलाई रोकथामको लागि सबै नाकाहरुमा स्वास्थ्यक्रमी सहित हेल्प डेस्कमा खटाउने,माक्स बितरण गर्ने,सामाजीक सुरक्षा भत्ता तत्का बितरण गर्ने र गाउँपालीकाले सञ्चालन गरेका योजनाहरुको काम सम्पन्न गराउने बताउनु भयो ।

यो कार्यक्रम हरेक हप्ताको आइतबार राती ८ बजे देखी साढे ८ बजे सम्म प्रशारण हुँने गरेको छ । यसले अदानचुली,ताँजाकोट,सोरुकोट, चैखेली र सर्केगाड गाउँपालीकाका गतिबिधिहरुलाई समेटेर तयार पार्ने गरीन्छ । हरेक हप्ता फरक फरक गाउँपालीकाको गरी महिनाको एक हप्ता एक गाउँपालीकाको गतिबिधिलाई समेटेको छ । यो चौथो इपिशाेट  हो ।

प्रकाशित मितिः     १० चैत्र २०७६, सोमबार १४:००  |