हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा न कोरोनाको डर न लकडाउन भन्दै आफ्नै तरीकाले दिनचर्य बिताई रहेका छन् सरकारले काठमाडौ लगायत ७७ वटै जिल्लामा मंगलबार देखी लकडाउन गरेको छ । तर पनि यहाँका नागरीकलाई कुनैले पनि प्रभाव पारेको छैन ।
यता कोरोनाले यहाँका बिद्यालय बाहेक अरु सबै कार्यालयहरुमा कामकाजहरु भइरहेका छन् लकडाउनले भने कुनै पनि प्रभाव पारेको छैन सामान्य रुघाखोकी लागेता पनि कोरनाको लक्षण कतै पनि नदेखेको स्वास्थ्यक्रमीहरुले बताएका छन् ।
मंगलबार बिहान ६ बजे देखी एक हप्ताको लागि लकडाउनको घोषणा गरेको छ । तर गाउँघरमा भने गाईबाख्रा चराउने देखी सामान्य भेला गोष्टीहरु पनि हुँने गरेकै छन् ।
स्नोल्यान्ड एकिकृत बिकास केन्द्रले सञ्चालन गरेका कुक तालिम,हातेहोजारी तालिमहरु सञ्चालन गरी रहेका छन् । नेपाल सरकारले बिबाह ब्रतबन्ध,दाहसंस्कार जस्ता कार्यहरु,कुनै पनि भेला,गोष्ठिहरुमा २५ जना भन्दा धेरै जम्मा नहुँने भनेता पनि कोरनाको कुनै प्रबाह नगरी यस्ता कार्यहरुमा सयौ जनाहरु जम्मा हुँने गरेकै छन् ।
हाल सम्म त्यस्ता लक्षण गरेका कुनै बिरामीहरु नभेटीएको गाउँपालीकाले जनाएको छ । कर्णाली करिडोरको सडकमा काम गर्ने कामदारहरुले पनि काम सञ्चालन गरीरहेका छन् ।