लडेर गम्भीर घाइते भएकी खड्कालाई थप उपचारका लागि सुर्खेत लगिदै


चैत्र १३ हुम्ला । घर नजिकैको भरिबाट लडेर गम्भीर घाइते भएकी ताँजकोट गाउँपालिका–१ काँडागाउँकी १८ वर्षिय माघी खड्कालाई थप उपचारका लागि सुर्खेत लिन लागिएको छ ।

टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी खड्कलाई ताँजकोट गाउँपालिकाको गाडीबाट स्थलमार्ग हुँदै सुर्खेत ल्याउन लागिएको उनका आफन्त हिक्मत खड्काले जानकारी दिए । बिहिबार गाउँ नजिकैको बाटोबाट लडेकी खड्कालाई स्थानीय स्तरमा उपचार संभव नभएपछि गाडीबाट सुर्खेत लिन लागिएको हो ।

कोरोना भाइरसका कारण स्थगित भएको माध्यमिक शिक्षा परिक्षा (एसइइ)को तयारी गरिरहेकी खड्काको पत्रकार नवराज महतारा र नेकपा अध्यक्ष लालकेश जैशीले गरेको पहलपछि ताँजकोट गाउँपालिकाको गाडीमा सुर्खेत लगिएकी खड्काको उपचारमा आधार विकास नेपाल, नापो लगायतका संघ संस्थाले उपचारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः     १३ चैत्र २०७६, बिहीबार २०:०५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *