अदानचुली गाउँपालीकाले दश बेटको क्वारेनटाईनको ब्यबस्था गर्यो,प्रत्येक नागरीकलाई मास्क र साबुन बितरण गर्दै


चैत्र १३ हुम्ला । अदानचुली गाउँकार्यपालिकाको आपतकालीन बसेको बैठकले दश वटा गाउँपालिकामा र पाँच पाँच वटा प्रत्येक वडामा क्वारेनटाईनको ब्यबस्था गर्ने निर्णय गरेको छ ।

बिस्वकै महामारीको रुपमा देखीएको कोराना भाईरसलाई गाउँपालिकामा छिर्न नदिन तथा रोकथामको लागि सुर्योदय माध्यामीक बिद्यालयमा दश बेटको र प्रत्येक वडामा पाँच पाँच बेटको क्वारेनटाईको ब्यबस्था गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिनु दिए ।

बिहिबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेका प्रत्येक नागरीकलाई साबुन पानीले हात अनिवार्य धुनु पर्ने तिर उन्मुख गराउन प्रत्येक घरधुरीलाई एक एक चक्की साबुन र प्रत्येक नागरीकलाई माक्सको ब्यबस्था गरी बितरण गर्ने अध्यक्ष फडेराले बताउनु भयो ।
गाउँपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई एक एक वटा बाल्टी र साबुन बितरण गर्ने भएको छ कुनै पनि सेवाग्राहीले कार्यालय भित्र पस्दा साबुन पानीले हात धोएर मात्र पस्नु पर्ने भएकाले केहि कार्यालयलाई बिहिबार नै बितरण गरी सकेको र बाँकी कार्यालयलाई शुक्रबार बितरण गर्ने गाउँपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टक दत्त प्याकुरेलले बताए ।

बिहिबार बसेको उक्त बैठकले छिमेकी मुलुकमा गएका केही नागरीकहरु भित्रिएकाले शुक्रबारबाट अत्याबश्यक काम बाहेक सबै होटल, पशल बन्द गराउने,एक गाउँबाट अर्को गाउँमा जान नपाई गरी अर्को सुचना नआउन्जेल सम्मको लागि निषेध समेत गरेको छ ।

गाउँपालीकाका चार वटा नाकामा राखेका हेल्पडेष्कमा अनुगमन गर्ने भएको छ । छिमेकी मुलुकबाट भित्रिएका जो सुकैले पनि अनिवार्य चेकजाँच गर्नु पर्ने बताए ।

प्रकाशित मितिः     १३ चैत्र २०७६, बिहीबार २०:३१  |