छोरीको हत्या अरोपमा बुवा पक्राउ


चैत्र १४ सुर्खेत । छ महिनाको छोरी हत्या गरेको आरोप लागेर हुम्लामा बुवा पक्राउ परेका छन् ।

जिल्लाको चंखेली गाउँपालिका–३ मा गत ११ गते छोरीको हत्या गरेको आरोप लगाउँदै श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुवा भनिने २९ वर्षिय दिनेश चौलागाईलाई हुम्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमान श्रीमति विच ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा उनले छोरीको हत्या गरेको आरोप लागेपछि प्रहरीले विहिबार राति अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा ल्याएको हुम्लाका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए ।

हत्या गरिएकी ६ महिना बालिकाको लासलाई पोष्टमार्टमकालागी अहिले जिल्ला अस्पताल सिमकोटमा ल्याइएको प्रहरी उपरिक्षक घर्तिमगरले बताए । अहिले बालिकाको लासको पोष्टमार्टम चलिरहेकाले अनुसन्धापछि मात्रै के कारबाही अगाडी बढाईने बारेमा टुंगो लगाइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीबाट चंखेली गाउँपालिकामा पुगेर प्रहरीले बुवा चौलागाईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः     १४ चैत्र २०७६, शुक्रबार २०:३१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *