नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो


काठमाडौ । काठमाडौ उपत्यका बाहिर पहिलो कोरोनाको संक्रमित फेला परे पछी नेपालमा कोरोना संक्रमितको संख्या चार पगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले धनगढीको सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा राखिएका एक जना व्यक्तिमा कोरोना संक्रमण फेला परेको बताए। उनको परिचय खुलाइएको छैन।

दुबईबाट नेपाल आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा उपचार भईरहेको छ ।

नेपालमा कोरोनाको संक्रमित भेटिएको यो चौथो हो। यसअघि ३ जनामा कोरोना संक्रमित भेटिएकोमा एकजना उपचारपछि घर फर्केको र दुई जनाको उपचार भैरहेको छ।

प्रकाशित मितिः     १४ चैत्र २०७६, शुक्रबार २०:४१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *