बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९


काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोभिड-१९ देखिएको छ ।

केही अघि ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले पछिल्लो २४ घण्टामा आफूलाई केही लक्षण देखिएको र जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्।

उनले अहिले आफू सेल्फ आइसोलेसनमा रहेको बताउँदै भिडिओ कन्फ्रेन्सबाट सरकार सञ्चालनका काम गर्ने जनाएका छन्।

प्रकाशित मितिः     १४ चैत्र २०७६, शुक्रबार २१:१२  |