तिन दिनमा तिस सैयाको क्वारेनटाईन


चैत्र १४ हुम्ला । कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला सदरमुकाम सिमकोटमा ३० शैयाको अस्थाई क्वारेनटाईन बनेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले ५० शैयाको क्वारेनटाईन बनाउने निर्णय गरेपछि ३ दिनमा ३० शैयाको क्वारेनटाईन बनाउन सफल भएको प्रमुख जिल्ला अधिकारी विनिता भटरार्ईले बताइन् ।

उपत्यका बाहीर पनि कोरोनाको संक्रमण देखीएकाले सम्भावीत जोखीमलाई न्युनिकरण गर्नको लागि अहिले तत्कालका लागी ३० शैया बेड ३० जनालाई राख्ने मिल्ने गरी बनाईएको प्रमुख जिल्ला अधिकारी भटराईले बताईन् ।

क्वारेनटाइनमा हुनु पर्ने ३० बेडका लागी आवश्यक खाट, बेडसेट, उपकरण, औषधी र अन्य सामानको व्वस्थापन गरीएको उनले बताईन् ।

जिल्लाका सातवटै गाउँपालिका मध्ये केहीमा क्वारेनटाइन बनिसकेकोले बाँकी रहेका गाउँपालीकामा पनि तत्काल ब्यबस्थापन गरिने भएको छ ।

प्रकाशित मितिः     १४ चैत्र २०७६, शुक्रबार २१:३१  |