हेल्पडेस्कहरुमा अनुगमन


चैत्र १४ हुम्ला । बिभिन्न ठाउँहरुमा राखीएका हेल्पडेस्कहरुमा अनुगमन भैरहेको छ ।

अदानचुली गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा राखीएका हेल्पडेस्कहरुको आज अनुगमन गरेको स्वास्थ्य संयोजक हंस महताराले बताए ।
गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितको टोलीले आफुले राखेको हेल्पडेस्कमा कस्ता कस्ता खालका बिरामीहरु आए,स्वाथ्यक्रमीहरु खटीएका छन् की छैनन् भनेर अनुगमन गरेको बताए ।


गाउँपालिकाका अध्यक्षको नेतृत्वको टोलीले मकैको गैरा ईब्ला र तिर्थासैनमा राखीएको हेल्प डेस्कमा र उपाध्यक्षको नेतृत्वको टोलीले बाडमाडौ र ठानदेवमा रहेको हेल्पडेस्कमा अनुगमन गरेको स्वास्थ्य प्रमुख महताराले बताए ।


चार वटै हेल्पडेस्क गरेर चार तिन सय भन्दा बढीले आवत जावत गरेकोमा सबै नागरीकहरुमा कुनै खालको संक्रमण नदेखीएको बताउँदै लकडाउनमा आवत जावत गर्न नदिन निर्देशन दिएको बताए ।

यता सोरु गाउँपालिकाले राखेको हेल्पडेस्कको समेत अनुगमन गरेको छ । सोरु गाउँपालिकाको बालुकुनामा रहेको हेल्पडेस्कमा सामान्य रहेको तर स्वास्थ्यक्रमीलाई गाउँपालिकाले सुरक्षाका सामग्रीहरु उपलब्ध नगराएकोले आफु भने असुरक्षीत भएको हेल्पडेस्कमा खटीएका करुन बि क ले बताए ।

भिईघाटमा रहेको हेल्पडेस्कमा भने फेज नेपालले सहयोग पुगेको हेल्थ असिस्टेन बिस्नु महताराले बताए ।

प्रकाशित मितिः     १४ चैत्र २०७६, शुक्रबार २१:५७  |