चैत्र १८ हुम्ला । बिस्वभर फैलिएको कोरोनालाई न्युनिकरण तथा रोकथामको लागि भन्दै साबुन र माक्स बितरण गर्ने लहड चलेको छ ।
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाले सबै वडाहरुमा प्रत्येक नागरीकलाई माक्स र प्रत्येक घरधुरीलाई साबुन बितरण गर्ने निर्णय गरेसँगै सुरुमा सोमबार अदानचुली गाउँपालिकाको वडा न. १ ले बितरण गर्न सुरु गरेको छ । वडा न.१ मा भएका करिब एक हजार नागरीकलाई माक्स र दुई सय ४१ घरधुरीलाई एक एक चक्की साबुन बितरण गरेको वडा नं १ का वडा अध्यक्ष रग थापाले बताए ।
अदानचुली गाउँपालीकाका स्वास्थ्य संयोजक हंस महतारा सहित वडा कमिटिका सबै जनप्रतिनिधिको सहभागीतामा बितरण गरीएको बताउँदै गाउँपालिकाका कुनै पनि नागरीकलाई कोराना भाईरसले संक्रमण गर्न नपावस भन्दै गाउँपालीकाका १७ सय घुरधुरीलाई साबुन र ८ हजार नागरीकलाई माक्स बितरण गर्ने कार्यक्रम रहेको बताए ।
स्वास्थ्य सम्योजक महताराका अनुसार लकडाउनको समयमा मानिस भेला गराउन नहुँने भएकाले प्रत्यक घरघरमै जनप्रतिनिधि गएर बितरण गरेको बताए ।
सँगै जाेडिएको मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं ४ ले पनि माक्स र साबुन बितरण गरेको छ । कोरोना भाईरस गाउँपालिकामा प्रबेश गर्न नदिने सन्देश फैलाउन वडा नं ४ का अध्यक्ष सहितको टोलीले माक्स र साबुन बितरण गरीएको सोरुगाउँपालीका वडा नं ४ का वडा अध्यक्ष डबल बहादुर शाहीले बताए । सोरु गाउँपालीकाकै वडा नं २ ले पनि साबुन र माक्स बितरण गरेको वडा अध्यक्ष ऐन बहादुर शाहीले जानकारी दिनु भए। उहाँका अनुसार ८ सय ९५ वटा माक्स र ५ सय ४ वटा साबुन बितरण गरीएको बताए ।
उता हुम्ला जिल्लाकै ताँजाकोट गाउँपालिकाको वडा नं ४ सिरुपाटामा पशू प्राबिधिक रत्नराज थापा एक्लैले प्रत्येक घरधुरीलाई साबुन बितरण गरेका छन् उहाँका अनुसार आफ्नो गाउँमा कोरोनाबाट बच्नको लागि भन्दै वडा नं ४ सिरुपाटामा भएका ७५ वटा घरधुरीलाई एक एक वटा साबुन बितरण गरेको पशु प्राबिधिक थापाले बताए ।
सोरु गाउँपालिकाकै वडा न. १० ले २० गते बिहिबारको दिन बितरण गर्न लागेको वडा अध्यक्ष धर्मराज जैसीले बताए । अध्यक्ष जैसीले भने मैले वडामा भएको धैनकोट स्वास्थ्य चौकीमा १० बेटको क्वारेनटाईन बनाइ सकेको छु छिमेकी राष्टबाट आउने जो कोहीले पनि उक्त क्वारेनटाईनमा अनिवार्य बस्नै पर्ने छ । प्रत्येक घरधुरीलाई ५ वटा माक्स र १ चक्की साबुन बितरण गर्न लागेको छु ।