चैत्र २२ मुगु । सोरु गाउँपालिका ११ धैनकोटले क्वारेन्टाईनमा बस्नेलाई भत्ताको ब्यबस्था गरेको छ ।
वडा समितिको आज बसेको बैठकले देश बिदेशमा रहेका नागरीकहरु गाउँ भित्रिने तर क्वारेनटाईनमा बस्न नमाने पछि भत्ताको ब्यबस्था गरेको वडा नं ११ का वडा अध्यक्ष अकबर शाहीले बताए ।
बैठक पछि रेडियो श्रीनगरसँग कुरा गर्दै अध्यक्ष शाहीले बाहिरबाट आउने जो कोहीले पनि वडा समितिले तयार गरेको क्वारेनटाईनमा १४ दिन अनिवार्य बस्नु पर्ने र यदी नबसे दुई हजार रुपैया जरीबाना गर्ने निर्णय गरीएको बताउनु भयो ।
अध्यक्ष शाहीले भने “वडा समितिले नेपाल राष्टिय माध्यामिक बिद्यालयमा १० बेटको क्वारेन्टाईनको ब्यबस्था गरेको छ,आफैले जानेर क्वारेनटाईनमा बस्नेलाई दिनको दुई सय रुपैया भत्ताको ब्यबस्था गरेका छौ भने अटेर गरेमा दुई हजार रुपैया जरीबाना गरेका छौ”।