सिपमा बोलेरो जिप दुर्घटना,


चैत्र २२ मुगु । सोरु गाउँपालिकाको सिपमा बोलेरो जिप दुर्घटना भएको छ ।

मुगु जिल्ला सोरु गाउँपालिकाले बितरण गरी रहेको राहतको खाद्यन्न ल्याउन गएको बुझिएको छ भने सोही गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृतको टोलीलाई तारापानीमा रहेको हेल्पडेक्समा छोड्न गएको सोरु गाउँपालीकाका कोरोना भाईरस सम्बन्धी सुचना दिने फोकल प्रसन बिनोद शाहीले जानकारी दिए ।

फोकल प्रसन शाहीले भने “मानबिय क्षेती भने कुनै भएको छैन जिपका केही भागमा सामान्य क्षेती भएको छ अहिले ट्याक्टरले तानि रहेको छ” । सोरु गाउँपालिकाका धिरजङ मल्लको लु १ ज ४२६२ नम्बरको बोलेरो जिप चालक बाहेक अरु कोहि नभएको अबस्थामा न्युटलमा रहेकाले खेतमा पल्टीएको बताए ।

प्रकाशित मितिः     २२ चैत्र २०७६, शनिबार २०:१५  |