काठमाडौं । चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहररूको पहिलो टोली स्वस्थ रहेको बताइएको छ।
सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहररू सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ। वुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवक फिर्ता भएका हुन्।
शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहररूमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन्। सबै स्वय्मसेवकहरुलाई छ महिनासम्म वैज्ञानिकहररूले निगरानीमा राख्नेछन् र पछि उनीहररूको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ। यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहररूले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन्।