कोरोना भाइरसको संक्रमणबाट गाउँपालिकाका हरेक नागपिरकलाई बचाउन हामीले गाउँमै सिलाएका माक्स वितरणको तयारी गरेका हौं’ उपाध्यक्ष जोशीले भने, ‘सरसफाई ध्यानमा राखेर पालिकाले हरे घरधुरीलाई २१ ह्जार पिस हातधुनै सावुनसमेत वितरण गर्न लागेको छ ।’
हरेक पटक साबुन पानीले हात धुने र सँधै माक्स लगाउने हो भने कोभिड–१९ को संक्रमणबाट बच्न सकिने चिकित्सकको सल्लाह अनुसार पालिकाले पहिलो चरणमा माक्स र साबुन वितरण गर्ने भएको सर्केघाडका स्वास्थ्य संयोजक सन्तोष धामीले जानकारी दिए । उनका अनुसार स्थानीय सिकर्मीमार्फत सिलाएका माक्स पालिकाले वडासँगको समन्वयमा पालिकाभरी वितरण गर्न लागेको हो ।