चैत्र २४ हुम्ला । सरकारले लकडाउनको समय बढाए सँगै जिल्लाका सिमा नाका सँगै गाउँपालिकाले सञ्चालन गरेका हेल्पडेक्सहरुमा चेकजाँच गर्नेमा पनि थप कडाई गरेका छन् ।
नेपाल सरकारले एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा जान नपाईने निर्णय गरे सँगै गाउँपालिकाका नाकाहरुमा थप कडाई गर्दै सुरक्षक्रमी समेत बढाएको छ ।हुम्ला र मुगुको मुख्य नाकाको रुपमा रहेको कवाडी नाकाबाट कुनै पनि नागरीकलाई आवतजावत गर्न नदिएको प्रहरी चौकी कवाडीले जनाएको छ । हिजो मात्र धुलाचौर गएका अदानचुलीका केही नागरीकहरु कवाडी चौकीले नछोडे पछि कवाडीमै बस्न बाध्य भएका छन् । लकडाउन बढाउने भए पछि चामल लिनको लागि धुलाचौर पुगेको धनमल महताराले भने “जाने बेला वडाको सिफारीसले जान दियो तर आउनको लागि भने उक्त सिफारीसले काम गरेन” । उनले ४ खच्चड सहित २ जना गएका थिए ।
उता मुगु जिल्लाको सोरु गाउँपालिकाले सञ्चालन गरेको बालुकुना नाकामा हेल्पडेक्ससँगै सुरक्षाक्रमी समेत खटीएको तुम्चका स्थानीय उब्जन मल्लले बताए । लकडाउनलाई थप कडाई गर्नको लागि सोरु गाउँपालिका लिब्रु थपाली हेल्पडेक्समा प्रहरी हवल्दार सुर्य बहादुर शाही सहित २ जनाको टोली खटाएको फोकल प्रशन बिनोद शाहीले बताए ।
उहाँका अनुसार मुगु जिल्लाले कडाई गरे पनि कवाडी चौकीले भने कडाई नगरी सबैलाई छोडेको बताउनु भएको छ । हुम्लाको माथिल्लो भेकका पशुपालक लगायत अन्य नागरीकहरु पनि सोही बाटो भएर आई रहेको बताउनु बताउँदै गुनासो गरे ।
यता हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाले पनि कोही पनि नागरीकहरु लकडाउनको समयमा एक गाउँबाट अर्को गाउँमा समेत नजान निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । अदानचुली गाउँपालिकाले सञ्चालन गरेको तिर्थासैन हेल्पडेक्समा ४ जना महिला सहित जम्मा १८ जनाले आवतजावत गर्दै चेकजाँच गराएका छन् यस्तै वडा नं ५ करगईको कुकुर बिनामा रहेको हेल्पडेक्समा ४ जना महिला सहित ८ जनाले चेकजाँच गराएको स्वास्थ्य संयोजक हंस महताराले बताए