दाने बाेहरा सिमकोट । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणलाई मध्येनजर गर्दै आधार विकास नेपालले जिल्ला विपत व्यवस्थापन समितिमार्फत हुम्ला अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सदरमुकाम सिमकोट लगायत जिल्लाका सातवटै स्थानीय तहमा स्थापना भएका क्वारेण्टिनमा जिल्ला बाहिरबाट आएका स्थानीयलाई राखिएपनि उनीहरूको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य सामाग्री नभएको अवस्थामा आधारले जिल्ला सदरमुकाम सिमकोटलाई केन्द्रित गरेर उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
आज (मंगलबार) बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा आधारले उक्त सामाग्री समितिका अध्यक्ष् समेत रहेका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईलाई हस्तान्तरण गरेको संस्थका हुम्ला संयोजक अंजुक लामाले जानकारी दिए ।
‘स्वास्थ्य सामाग्री जिल्ला अस्पताल मातहत रहने गरी तत्काल सिमिकोट स्थित रानीवन क्वारेण्टाइन तथा आइसोलेसन वार्डमा प्रयोग गर्न उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।’ लामाले भने, ‘स्वास्थ्य सामाग्रीको अभावले कोभिड–१९ को संक्रमणको अवस्था पत्ता लगाउन र संभावित यसका बिरामीको उपचारमा सहज बनाउन संस्थाले उक्त सामाग्री हस्तान्तरण गरेको जिल्ला अस्पतालका डा. नबिन रोकायाले जानकारी दिए ।
हस्तान्तरण गरिएका सामग्रीहरु
1.Oxygen concentrator-1
2.Multi-functional monitor-2
3.Mini ECG monitor-1
4.Nebulization machine-1
5.Ambu bag-1 (with renewal)
5.USG machine-1
6.Auto claves-1
7.Surgical equipment-50 sets