अदानचुली गाउँपालिकाले बुधबार दुई जनालाई क्वारेनटाईनमा राख्यो


चैत्र २६ हुम्ला । अदानचुली गाउँपालिकाले बुधबार दुई जनालाई क्वारेनटाईनमा राखेको छ । दुबै जनाको घर अदानचुली गाउँपालिका वडा नम्बर ६ पाल्समा भएको भए पनि उनिहरुको घरमा कोहि पनि नबस्ने बताए ।

धेरै वर्ष अगाडि देखीनै घर छोडेर एक जना नेपालगञ्ज र एक जना भारतको पिथौरुगढमा बस्दै आएको उनिहरुले बताए उनले भने “घरमा कोही पनि बस्दैनन् घर जग्गा के भएको छ हेर्ने र खार्पुनाथ गाउँपालिकाको रायामा हजुरआमा भएकाले भेटघाटको लागि आएको तर यता पुग्दाकै दिन सरकारले लकडाउन गर्यो अनि हामी यतै थुनियौ,रायामा पनि २ दिन क्वारेनटाईनमा बस्यौ क्वारेनटाईन पनि राम्रो नभए पछि भेटघाट गरेर फर्कियौ” ।

हामीलाई केही भएको छैन भन्दै उनले भने“२५ गते लकडाउन खुल्छ भनेर आयौ तर सरकारले ८ दिन फेरी थप्दाखेरी कुवाडी प्रहरी चौकीमा जान नदिदा खेरी फर्कियौ,फकिर्दा उता गाउँतिर नराम्रो सन्त्रास फैलीएको रहेछ हामीलाई कोरोना लागेका हुँन् भनेर,रायाबाट पनि भागेरा आएको भन्ने सन्देश फैलिदा अघिल्लो दिन गएको घरमा समेत नआउन आग्रह गर्दा हामी अदानचुलि गाउँपालिकामा रहेको स्वास्थ्यक्रमी कहाँ आएको उनि मध्ये एक जनाले बताए” ।

श्रीनगर स्वास्थ्य चौकीले चेकजाँच गर्यो,चेकजाँच गर्दा स्वास्थ्य अबस्था ठिक रहेको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए । स्वास्थ्य अबस्था ठिक भए पनि कोही पनि नागरिकलाई एक गाउँपालिकाबाट अर्को गाउँपालिका जान नपाईने भएकाले अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेको क्वारेनटाईनमा राखेको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । उनिहरु भारतमा बस्नेको उमेर ३० वर्षका छन् भने अर्का नेपालगञ्ज बस्नेको २७ वर्षको उमेर भएको बताए । गाउपालिकाका अध्यक्ष फडेराले भने अनुसार क्वारेनटाईनको अबधी सकि सकेको छ,घर जान मिल्ने भए म अन्य ठाउँको जानकारी लिएर पठाउँछु ।

अदानचुलि गाउँपालिकाले ब्याबस्थापन गरेको १० बेटको क्वारेनटाईनमा आज २ जना बस्न पुगेका छन् ।

प्रकाशित मितिः     २६ चैत्र २०७६, बुधबार १९:४०  |