झुलङ्गे पुलहरुमा बार(फोटो सहित)


चैत्र २६ हुम्ला । सरकारले लकडाउन गरेसँगै झुलङ्गे पुलहरुमा बार लगाइएको छ । हुम्ला र मुगुको मुख्य नाकाको रुपमा रहेको कुवाडी पुलमा बार लगाईएको छ ।

कुवाडीमा रहेको झुलङ्गेको बाजुरा पट्टी ठुल्ठुला काँडाहरुले बारेको छ उता हुम्ला पट्टीको छेउमा फलामे जाली राखेर बारीएको छ पुर्णरुपमा बन्द गरीएको प्रहरी चौकी कुवाडी बाजुराले असही मोहन कार्कीले बताए,उनले भने “कोही पनि जान दिएका छैनौ पुलमा समेत बार लगाईएको छ । अत्यावश्यकलाई गाउँपालिकाले दिएको सिफारीसका आधारमा मात्र छोडेका छौ बिरामी बाहेक अरु कोही पनि गएका छैनन्” तर उता हुम्ला पट्टीको हेल्थडेक्समा भने आवत जावत भएको देखीएको छ ।


झुलङ्गे पुलपो बन्द भयो गाडि हिड्ने पुल कहाँ बन्द भएको छ भनेर त्यहाँका एक स्थानीयले गुनासो गरे राती राती खच्चड र बाख्रावालेलाई छोडिएको छ । उने भने आज मात्र २।३ सय जती बाख्रा सहित बाख्राका मालिकहरुलाई किन छोडियो भन्दै प्रशन गरे तर उनले नाम भने भन्न चाहेनन् । हिजो राति पनि खच्चडहरु छिराएको बताए ।

उता प्रहरी चौकि कुवाडी बाजुरालाई सोधे खच्चड र बाख्रालाई किन छोडेको भन्दा सिफारिसको आधारमा छोडेको असहि मोहन कार्कीले बताए ।

झुलङ्गे पुल बन्द छ,पुलको छेउमै रहेको ताँजाकोट गाउँपालिकाले राखेको हेल्थडेक्समा लकडाउन भएको दिन देखी हाल सम्म ३ सय ३० जनाले चेकजाँच गराएकोमा १६ जना भारतबाटै आएका उक्त हेल्थडेक्सका ईन्चार्ज धनराज ढकालले बताए ।

प्रकाशित मितिः     २६ चैत्र २०७६, बुधबार २०:३४  |