चैत्र २९ हुम्ला । लकडाउँनको समय सदुपयोग गर्दै जुवा खेलीरहेको आसंकामा शनिबार श्रीनगर प्रहरी चौकीले ११ जना पक्राउ गरेको छ ।
केहि दिन अघि पनि श्रीनगर प्रहरी चौकीले करिब १७ जनालाई जुवाको खालबाट पक्राउ गरेको थियो भने शनिबार पनि केहि ब्यक्तिलाई जुवा खेलेको आसंकामा पक्राउ गरेको छ । केहि दिन अघि वडा नं २ तिरको बजार एरिया तिरको एक पसलबाट पक्राउ गरेको थियो भने आज वडा नं ३ तिरको बजारमा रहेको पशलको माथिल्लो तलाबाट पक्राउ गरेको प्रहरी चौकी श्रीनगरले जानकारी दियो ।
प्रहरी चौकी श्रीनगरका अनुसार केहि दिन अघि पक्राउ परेका अधिकांस ब्यक्ति शनिबार दिउसो जुवा खेली रहेको भेटीए पछि पक्राउ गरेको श्रीनगर प्रहरी चौकी ईन्चार्ज बलाराम केसीले दाबी गर्नु भएको छ ।
शनिबार पक्राउ परेकाहरुले भने आफुहरुले जुवा नखेलेको भन्दै त्यतिकै बसिरहेको अबस्थामा आसंका गरेको बताउँदै आएका छन् ।
प्रहरी चौकी श्रीनगरले भने सोही घरमा दुई समुह बनाई पोट र जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको र त्यसैमा पनि केहि फरार भैसकेको जनाएको छ ।
लकडाउँनको समयमा धेरै जम्मा गर्न नपाईने भन्दै नेपाल सरकारले जम्मा हुँने भिडभाड गर्नेलाई पक्राउ गर्ने आदेश दिएकाले त्यस्तो भेटीएमा जो कोहिलाई पनि पक्राउ गर्ने प्रहरीचौकी श्रीनगरले बताउँदै आएको छ ।